एमाले फुटे बामदेव माधव गुट तिर लाग्ने

राष्ट्रपाटी न्युज

२७ बैशाख २०७८

२७ वैशाख, काठमाडौं ।एमाले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले पार्टी विभाजन गरे उपाध्यक्ष वामदेव गौतम पनि सहभागी हुने भएका छन् । गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले सामाजिक सञ्जालमा गौतमको धारणा  सार्वजनिक गरेका हुन् ।

सुवेदीका अनुसार गौतमका दुई धारणा यस्ता छन् ।

१. ओलीसँगको कुराकानीबारे
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग उहाँले नेकपा (एमाले)को स्थिति ०७५ जेठ २ गतेसम्मको मानेर अगाडि बढ्नुपर्छ भन्ने आग्रह राख्नुभयो । तर, अध्यक्षले भन्नुभयो, ‘म ०७५ जेठ २ भन्दा धेरै अगाडि बढिसकेँ । त्यसैले म त्यस्तो काम गर्न सक्ने छैन ।’
यसको प्रतिउत्तरमा उपाध्यक्ष गौतमले ‘त्यसो भए म तपाईंको साथमा छैन’ भन्नुभएको हो ।

२. माधव नेपालहरूका सन्दर्भमा
वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरूले नेकपा (एमाले)मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरू बनाउनेजस्ता काममा मेरो सहमति छैन । तर, यदि उहाँहरूले चाहे संसद्को ४० प्रतिशतसहित वा त्योबाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु ।


Published :२७ बैशाख २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media