मेरो हस्ताक्षर दुरुपयोग भयो – साम्सद जय कुमार राइ

काठमाडौं : विपक्षी गठबन्धनले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्न आफ्नो हस्ताक्षर दुरुपयोग भएको भन्दै एमाले सांसद जयकुमार राईले राष्ट्रपतिलाई पत्र लेखेका छन् ।

शुक्रबार दिउँसो विपक्षी गठबन्धनले बुझाएको १४९ सदस्यको हस्ताक्षरमा आफ्नो नाम र हस्ताक्षर रहेको भन्दै सुनसरी क्षेत्र नम्बर १ का एमाले साम्सद राईले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ध्यानाकर्षण गराएका हुन् ।

‘म एमाले प्रतिनिधिसभा सदस्य हुँ’, राईले पत्रमा लेखेका छन्, ‘मैले मेरो पार्टी अध्यक्षको विरुद्धमा विपक्षी पार्टी नेतालाई प्रधानमन्त्री बनाउने गरी कुनै हस्ताक्षर नगरेको व्यहोरा जानकारी गराउँदछु ।’


Published :७ जेष्ठ २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media