२ हजार बढेपछि शिक्षक र कर्मचारीको तलब कति पुग्यो ?

राष्ट्रपाटी न्युज

१७ जेष्ठ २०७८

काठमाडौ । सरकारले घोषणा गरेको आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत सेना, प्रहरी, निजामति कर्मचारी तथा शिक्षकहरुको तलब २ हजारले बढेको छ ।
आर्थिक वर्ष २०७८/०७९ को बजेटको रातो किताबमा सबै राष्ट्र सेवकको तलब २ हजारका दरले बढेको उल्लेख छ ।
आर्थिक वर्ष २०७६/०७७ को बजेटमार्फत सरकारले राजपत्र अनंकिततर्फ २० प्रतिशत र राजपत्रांकिततर्फ १८ प्रतिशत तलव वृद्धि गरेको थियो ।अहिले भने दर्जा नछुट्याई एकमुष्ट २ हजारका दरले सबैको तलब बढेको हो ।

शिक्षकको नयाँ तलव स्केल कति (तहगत रुपमा) ?
प्राथमिक तह (तृतीय) : २६ हजार ६०४ रुपैयाँ बाट २८ हजार ६१० भत्ता समेत ३० हजार ६१०
प्रावि द्वितीय : २८ हजार २०० रुपैंयाँ बाट ३० हजार २०० भत्ता समेत ३२ हजार २००
प्रावि प्रथम : ३५ हजार ९९० रुपैयाँ बाट ३७ हजार ९९० भत्ता समेत ३९ हजार ९९०
निम्न माध्यमिक तह तृतीय : २८ हजार २०० रुपैयाँ बाट ३० हजार २०० भत्ता समेत ३२ हजार २००
निमावि द्वितीय : ३५ हजार ९९० रुपैयाँ बाट ३७ हजार ९९० भत्ता समेत ३९ हजार ९९०
निमावि प्रथम : ३७ हजार ८७८ रुपैयाँ बाट ३९ हजार ८८० भत्ता समेत ४१ हजार ८८०
माध्यमिक तृतीय : ३५ हजार ९९० रुपैयाँ बाट ३७ हजार ९९० भत्ता समेत ३९ हजार ९९०
माध्यमिक द्वितीय : ४० हजार ३७९ रुपैंयाँ बाट ४२ हजार ३८० भत्ता समेत ४४ हजार ३८०
माध्यमिक प्रथम : ४७ हजार ३७७ रुपैयाँ बाट ४९ हजार ३८० भत्ता समेत ५१ हजार ३८०
कर्मचारीको तलब स्केल तहगत रुपमा ( भत्तासहित )
मुख्यसचिव – ६७ हजार १४०
सचिव         – ६२ हजार ६८०
सहसचिव    – ४९ हजार ३८०
उपसचिव    – ४२ हजार ३८०
अधिकृत      -३७ हजार ९९०
सुब्बा           -३० हजार २००
खरिदार       -२८ हजार ६१०
कार्यालय सहयोगी – २४ हजार १०

 


Published :१७ जेष्ठ २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media