ओखलढुङ्गामा भोलिदेखि निषेधाज्ञा खुकुलो हुने

ओखलढुङ्गा । ओखलढुङ्गामा बसेको जिल्ला कोभिड १९ संकट व्यबस्थापन केन्द्रको बैठकले निषेधाज्ञाको अबधि थप गरेको छ । आज बसेको बैठकले आगामी असार २१ गते राती १२ बजेसम्मका लागि केही खुकुलो बनाउदै निषेधाज्ञाको अबधी थप गरेको हो ।

थप गरिएको निषेधाज्ञा भने केही खुकुलो बनाइएको छ । मंगलबारवाट जिल्लामा रहेका बैंक तथा वित्तिय संस्थाहरु,स्टेशनरी पसलहरु सामाजिक दुरी र स्वास्थ्य मापदण्डको पालना गर्दै विहान १० बजे देखी ४ बजेसम्म खुला रहने छन् ।

हार्डवयर, लत्ताकपडा, भाडाँ, फेन्सी, मोबाईल पसलहरु तथा खाद्यान्न, तरकारी, फलफुल, दुग्धजन्य एबम मासुजन्य पद्धार्थ विक्रि वितरण गर्ने पसलहरु विहान ७ बजे देखी दिउसो ४ बजेसम्म सञ्चालन हुन पाउनेछन् । त्यसैगरि सवारी साधन, सरकारी कार्यालयहरु, विद्यालयहरु सञ्चालनको हकमा भने यसभन्दा अगाडी भएका निर्णय अनुसार नै हुने जिल्ला प्रशासन कार्यालयवाट जारी सूचनामा उल्लेख गरिएको छ ।

 


Published :१४ असार २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media