राउटे युवतीहरुलाई रक्सि खुवाएर करणी गर्ने पक्राउ

राष्ट्रपाटी न्युज

२४ जेष्ठ २०७८

सुर्खेत । दुई राउटे युवतीमाथि जबर्जस्ती करणी गरेको आरोपमा तीनजनाविरुद्ध सुर्खेत प्रहरीमा जाहेरी दर्ता भएको छ। मानव ओसारपसार, यौन दुर्व्यवहार र जबर्जस्ती करणीको मुद्दा चलाउन किटानी जाहेरी दिइएको हो । १९ र २३ वर्षकी ती युवतीहरूलाई होटलमा लगेर मदिरा सेवन गराई जबर्जस्ती करणी गरेको भन्दै गुर्भाकोट नगरपालिकाका दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल संचालक विनोद पुनविरुद्ध जाहेरी परेको हो ।

उनीहरू तीनैजनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरू गरिसकेको र गल्तीसमेत स्वीकार गरिसकेको प्रहरी स्रोतले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले किटानी जाहेरी दर्ता भइसकेको भन्दै घटनाबारे अनुसन्धान थालिएको जानकारी दिए ।


Published :२४ जेष्ठ २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media