नेपाल गुट छोडेका गणेश पहाडीलाइ वलीले बनाए मन्त्री

राष्ट्रपाटी न्युज

२७ जेष्ठ २०७८

काठमाडौं ।एमाले विवादमा खनाल–नेपाल समुह छोडेर अध्यक्ष ओली खेमामा लागेका सिन्धुलीका गणेश पहाडीले मन्त्री पद पाएका छन् । प्रधानमन्त्री ओलीले पहाडीलाई समेटेर बिहीबार मन्त्रिपरिषद विस्तार गरेका छन् । विस्तारित मन्त्रिपरिषदमा ओलीले पहाडीलाई महत्त्वपूर्ण मानिने मन्त्रालय सामान्य प्रशासनको जिम्मेवारी दिएका छन् ।
पहाडी केही साता अघिमात्रै खनाल नेपाल समुह छाडेर ओली समुहमा लागेका थिए । उनी गत निर्वाचनमा नेकपा एमालेको तर्फबाट सिन्धुली क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।


Published :२७ जेष्ठ २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media