शान्ती र अहिंसाकालागि विश्व यात्रा २०२४ को चारदिने नेपाल अभियान सम्पन्न

राष्ट्रपाटी न्युज

११ कार्तिक २०८१

काठमाडौं। शान्ती र अहिंसाकालागि विश्व यात्रा २०२४ को चार दिने नेपाल अभियान सम्पन्न भएको छ। राफएल डे ला रुबियाले नेतृत्व गरेको यो शान्ति समुहले चार दिने नेपाल बसाइको क्रममा बिबिध महत्वपूर्ण कार्यक्रमहरु संचालन गरेको छ। उक्त अभियानको क्रममा बुढानिलकण्ठ नगरपालिका र अभियान बिचमा बिशेष सम्झौता समेत गरिएको छ। बिश्वलाइ युद्वबाट मुक्त गराई शान्तिपूर्ण बनाइ राख्ने प्रतिबद्वतामा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी तथा शान्ती र अहिंसाकालागि विश्व यात्राका प्रमुख राफएल डे ला रुबियाले संयुक्त रुपमा हस्ताक्षर गरेका छन्।

यो शान्ती र अहिंसाकालागि विश्व यात्रा २०२४ तेस्रो विश्व यात्रा हो। यो अभियान २०२५ जनवरी ५ मा कोष्टारिकामा सम्पन्न हुने बताइएको छ। २०२४ अक्टोबर २ विश्व अहिंसा दिवसको दिनदेखि तेश्रो विश्व यात्रा शुरु गरिएको थियो।

चार दिने अभियानमा बुढानिलकण्ठ नगरपालिकाका अतिरिक्त टोखा नगरपालिका, बनेपा नगरपालिका, नेपाल पर्यटन बोर्ड, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्व विद्यालय र काठमाडौं बौद्धमा समेत बिबिध कार्यक्रमहरु सम्पन्न गरिएको बुढानिलकण्ठ नगरपालिका पर्यटन बोर्डका संयोजक अर्जुन पाण्डेले जानकारी दिएका छन्।

राफएल डे ला रुबिया एक मानवताबादी, अभियान्ता रहेको र उनले ५० बर्ष देखि शान्ती र अहिंसाको सन्देश विश्वमा फैलाउँदै लड्दै आएको बुढानिलकण्ठ नगरपालिका पर्यटन बोर्डका सदस्य बैकुण्ठ अधिकारीले जानकारी दिएका छन्। झन्डै ५० बर्ष देखि शान्ति अभियान चलाउदै आएका उनले १३ वटा पुस्तक लेखेका छन्।

शान्ती र अहिंसा अभियान चलाएको, मानवताबादी भएको अभियोगमा पटक पटक जेल तथा देश निकालामा परेका उनलाइ कहिले अफ्रीका र कहिले रुस पठाइएको थियो। १९९० देखि १९९७ सम्म रुसमा बसेका उनि सन् १९९८ देखि स्पेनको म्याड्रिडमा बस्न थालेका थिए। शान्ती र अहिंसाको अभियानको शिलसिलामा ८० भन्दा बढि देशहरुमा लामो समय बसिसकेका छन्। उनले वल्र्ड वीदाउट वारस एण्ड भोइलन्स भन्ने संस्था स्थापना गरेका थिए जसले संयुक्त राष्ट्रसंघ समेतको मान्यता प्राप्त गरेको छ र यो संस्था हाल ३२ देशहरुमा कृयाशील रहेको आयोजकले जानकरी दिएको छ।

 


Published :११ कार्तिक २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media