विश्वकप छनोटमा नेपालले आज अस्ट्रेलियासँग खेल्ने

राष्ट्रपाटी न्युज

२८ जेष्ठ २०७८

काठमाडौं- फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपालले अष्ट्रेलियासँग खेल्नेछ । एसियाली फुटबलको पावरहाउस अष्ट्रेलिया र नेपालबीचको खेल नेपाली समय अनुसार राति ९ : ४५ बजे सुरु हुनेछ ।
जीतको आशा बोकेर नेपाल आज मैदानमा उत्रदैछ । पाँच पटक विश्वकप खेलिसकेको अष्ट्रेलिया भने नेपाललाई हराएर विश्वकपको तेस्रो चरणको छनोटमा पुग्न चाहन्छ । समूह ‘बी’मा अष्ट्रेलिया १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नेपाल भने चौंथो स्थानमा रहेको छ । नेपालले ६ अंक जोडेको छ ।
नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाइसकेको छ । तर नेपालको प्ले अफको माध्यमबाट एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना भने बाँकी नै रहेको छ । कुवेतमा जारी छनोटमा नेपालले चाईनिज ताईपेलाई २ -० ले हराएको थियो । तर, नेपाल जोर्डनसँग ३-० ले पराजित भएको थियो ।
नेपाल अष्ट्रेलियासँग यस अघिको खेलमा ५ – ० गोल अन्तरले पराजित भएको थियो ।


Published :२८ जेष्ठ २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media