मैदानमै ढले डेनमार्कका एरिकसन

राष्ट्रपाटी न्युज

२९ जेष्ठ २०७८

काठमाडौं । शुक्रबारदेखि सुरु भएको युरो २०२० अन्तर्गत समूह ए को दोस्रो खेलमा फिनल्यान्डविरुद्ध खेलिरहेका डेनमार्कका खेलाडी क्रिस्टियन एरिकसन मैदानमा ढलेका छन् ।
खेलको ४२औं मिनेटमा फिन्ल्यान्डको डिफेन्सिभ हाफको साइडलाइन नजिकै हिँडिरहेका एरिकसन हुरिएर ढलेका हुन् । उनी ढलेपछि नचलेको न्यूयोर्क टाइम्सले बताएको छ ।

उनी ढले पश्चात तुरुन्तै मेडिकल टोलीले मैदानमा डेनमार्कका खेलाडीले घेरेर उपचार गरिएको थियो । अहिले उनको उपाचार डगआउट नजिकै भइरहेको छ ।
उनको उपचार जारी रहँदा डेनमार्कका खेलाडीको आँखा आशु भरिएको थियो भने फिन्ल्यान्डका खेलाडी पनि स्तब्ध भएका थिए ।

युइएफले मेडिकल इमर्जेन्सीका कारण यो खेल स्थगित गरिएको घोषणा गरेको छ ।


Published :२९ जेष्ठ २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media