किन अँध्यारो मुख लगाएर हिंडे न्युछे नारायण श्रेष्ठ ?

काठमाण्डौ। बूढानिलकण्ठ नगरपालिकाको आठौ नगर सभामा सहभागी भएका बागमती प्रदेसका नेपाली कांग्रेसका समानुपातिक साम्सद एबम सार्वजनिक लेखा समितीका सभापति न्युछे नारायण श्रेष्ठले शुभकामना मन्तव्य राख्ने क्रममा नगर प्रमुखको चर्को आलोचना गरेपछि नगर सभामा माहोल तातेको थियो। आफ्नो पार्टी नेपाली कांग्रेसबाट निर्वाचित संघीय साम्सद एबम प्रदेस साम्सदहरुलाइ बेवास्ता गरिएको गुनासो गर्दै उनले नगर प्रमुखले ४ बर्षमा केहि काम गर्न नसकेको गम्भीर आरोप लगाएका थिए।पैसा जति संघीय सरकार र प्रदेश सरकार मार्फत आफुहरुले ल्याएको तर मेयरले केहि नगरी सबै काम गरेको जस लिन खोजेको आरोप लगाएका थिए। वडा नं १० मा बन्दै गरेको नगर अस्पताल समेत आफ्नो प्रयासमा बन्न लागेको भन्दै उनले मन्त्रालयबाट पैसा पार्ने काम आफुले गरेको बताएका थिए। नगरपालिकाका १९ वटा सामुदायिक विद्यालयमा व्यवस्थापन समिती गठन गर्दा एकलौटी गरेको भन्दै आक्रोश पोखेका थिए। आफुहरुलाई बेवास्ता गरिएको गुनासो गर्दै उनले राजनीतिक रुपमा भेदभाव गरिएकाले नेकपा एमाले सकिने चेतावनी दिएका थिए।
निकै कठोर रुपमा प्रस्तुत भएका उनले नगरपालिकाले राजनीतिक भेदभाव गरेको आरोप लगाउदै चर्को आलोचना गरेपछि त्यस पछि बोलेका नेकपा एमाले बागमती प्रदेस संसदीय दलका मुख्य सचेतक दीपक निरौला तथा कार्यक्रम संचालक नगर प्रवक्ता नवराज भट्टराईले कडा जवाफ दिएका थिए।
नगर प्रबक्ता एबम वडा नं १० का अध्यक्ष भट्टराईले आफ्नो वडामा बन्न लागेको नगर अस्पताल निर्माणमा साम्सद न्युछे नारायण श्रेष्ठ र उनको पार्टी नेपाली कांग्रेसको कुनै योगदान नभएको भन्दै ६ करोड स्वास्थ्य मन्त्रालय एबम ४ करोड नगरपालिकाको बजेट रहेको बताएका थिए। त्यसै गरि उनले नगर अस्पताल बनाउने भनि वडा नं ८ मा संरचना तयार गरेको तर त्यहाँ नबनेर खण्डहरमा परिणत भएको भन्दै जनताको करको पैसा त्यहाँ कसरि दुरुपयोग भयो भन्ने प्रश्नको जवाफ दिन चुनौती दिएका थिए।
त्यस पछि बोलेका नेकपा एमाले बागमती प्रदेस संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले श्रेष्ठले लगाएका आरोपको कडा प्रतिवाद गरेका थिए।
नगर सभा नगरपालिकाको नीति कार्यक्रम तथा बजेट माथि छलफल गर्नु पर्ने मंच रहेको भन्दै निरौलाले यो कसैको रोइलो गर्ने ठाउँ नभएको बताएका थिए। सांसदहरुले नगर सभामा आएर रचनात्मक सुझाव र योजनाहरु दिनुपर्ने ठाउमा अनावस्यक चित्त दुखाईको कुनै अर्थ नरहेको भन्दै उनले संघीय ,प्रदेस र स्थानीय तहमा नेकपा एमालेको सरकार भएकोले बजेट कसले ल्यायो र जनताको काम कसले गर्यो भन्ने स्पस्ट रहेको बताएका थिए।
नगर अस्पताल सम्बन्धमा बोल्दै उनले चुनावको मुखमा आचार संहिता छलेर हतारमा गलत उदेस्यले नगर अस्पताल बनाउन खोज्दा वडा नं ८ लोकेश्वर मन्दिरमा संरचना अलपत्र रहेको र त्यो हेर्न आग्रह गर्दै निरौलाले त्यहाँ करोडौ जनताको पैसा डुबेको कुराको जवाफ माग गरेका थिए।

नगरपालिकाका ३० हजार घर धुरी मध्ये १७ हजारमा खानेपानीको सुविधा पुगेको र बाँकीमा पुग्ने चरणमा रहेको भन्दै ठुला साना सडक र पूर्वाधारमा नेपाल सरकारको बजेट पर्याप्त परेको र त्यसको विवरण हेर्नका लागि पनि आग्रह गरेका थिए।

नेकपा एमाले सकिने नभई नगर अस्पताल र सुवर्ण शमशेर क्रिकेट मैदान जस्तै नचाहिने स्टन्ट गर्दा नेपाली कांग्रेस सकिने चेतावनी दिएका थिए। उनले वडा नं १३ मा रहेको सुवर्ण शमशेर क्रिकेट मैदानको निर्माणका लागि आफुले नगर प्रमुख र वडा अध्यक्षलाई समितीको पदेन सदस्य बनाउने प्रस्ताव गर्दा कांग्रेसले ठाडै अस्विकार गरेको बताउदै पार्टी र नेता जसको नाममा भएपनि नगरपालिकामा ठुलो पूर्वाधार बन्ने भन्दै आफुले गरेको पहललाई नेपाली कांग्रेसले ठाडै अस्विकार गर्नुको कारण बागमती प्रदेस महालेखा नियन्त्रकको कार्यालयले दिएको प्रतिवेदनमा साढे १० लाख अपचलन भएकोले फिर्ता गर्ने निर्णयले प्रस्ट पारेको भन्दै निरौलाले अरुलाई एउटा औला उठाउदा चार वटा आफै तिर फर्केका हुन्छन भन्ने बुझ्नुपर्ने भन्दै श्रेष्ठ प्रति कटाक्ष गरेका थिए।

 

नगर सभामा यसरि सबाल जवाफ हुन थाले पछि एमाले का प्रतिनिधिहरुको अत्याधिक बहुमत रहेको हलमा निरौलाले बोल्दै गर्दा तालि बजेको थियो भने एमाले समर्थित वडाध्यक्ष र अन्य जनप्रतिनिधिहरु श्रेष्ठ संग असहमति राख्दै रिसाएर मुर्मुरिदै हल बाहिर निस्केका थिए। कार्यक्रममा धेरै जनप्रतिनिधिहरु श्रेष्ठको कुरो काट्दै एक-अर्कासंग गफिदै थिए। स्टेजबाट नै आफ्नो कुराहरुको व्यापक बिरोध र खण्डन मण्डन हुनु र हलमा समेत विरोध हुन थालेपछि उनि अँध्यारो अनुहार लगाएर हल बाहिर निस्के संगै एक छिन पनि नबसी गाडी चढेर त्यहाँ बाट निस्केका थिए।


Published :१० असार २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media