महिलाहरु सदस्य मात्र होइन वडाध्यक्ष बन्नुपर्छ – देवी रेग्मी

काठमाडौं । नेकपा एमालेको भगिनी संगठन अखिल नेपाल महिला संघकि जिल्ला नेत्री देबी रेग्मीले स्थानीय महिलाहरु वडा सदस्यको लागि मात्र नभई वडाध्यक्षको लागि समेत चुनाब लड्न तयार हुनुपर्ने बताएकी छन्। महिला सदस्य त छदै न छ तर अब वडाध्यक्ष बन्ने आँटका साथ महिलाहरु मैदानमा उत्रनु पर्ने अबस्था आएको उनको धारणा छ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० स्तरीय अखिल नेपाल महिला संघको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले समाज विकासको लागि महिला र पुरुष विच हातेमालो हुनुपर्ने समेत बताएकी छन्।
रेग्मी अखिल नेपाल महिला संघ काठमाडौं जिल्ला सचिवालय सदस्य एबम बुढानीलकण्ठ नगर इन्चार्ज समेत हुन्। गत स्थानीय निकायको निर्बाचनमा उनि एमालेको तर्फबाट बुढानिलकण्ठ नगरपालिकाको उपमेयरको उमेद्वारको सशक्त दावेदार समेत थिइन्।


Published :१९ असार २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media