अर्जेन्टिनालाई ५-० ले हराउँछौं – ब्राजिलका राष्ट्रपति

काठमाडौं । ब्राजिलका राष्ट्रपति जैयर बोल्सोनारोले ब्राजिलले अर्जेन्टिनलाई ५-० गोलको नतिजामा पराजित गर्दै कोपा अमेरिका जित्ने बताएका छन् ।
आइतबार बिहान हुने फाइनल अघि दक्षिण अमेरिकी नेताहरूको भेटमा बोल्सोनारोले अर्जेन्टिनी समकक्षी अल्बर्टो फर्नान्डेजलाई जिस्क्याउँदै ब्राजिल ५-० ले विजयी हुने बताएका हुन् ।

पाँच औंलाको संकेत दिँदै बोल्सोनारोले भने, ‘ब्राजिलले ५-० ले जित्छ ।’

दक्षिण अमेरिकी डर्बीमा अर्जेन्टिनी कप्तान लियोनेल मेसी सामु पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका छ । व्यावसायिक फुटबलका सर्वाधिक सफल खेलाडी मेसी अन्तर्राष्ट्रिय स्टेजमा उपाधिविहीन छन् ।


Published :२६ असार २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media