युरोकप फाइनलमा इंग्ल्यान्ड र इटाली भिड्दै

एक महिना अघि युरोपका विभिन्न सहरमा सुरु भएको १६ औं संस्करणको युरोकप फुटबलको फाइनल खेल आज राति हुँदैछ ।
युरोकप फुटबलको उपाधिका लागि आज इंग्ल्यान्ड र इटालीबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल विम्ली स्टेडियममा नेपाली समय अनुसार पौने १ सुरु बजे हुनेछ । इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनल खेल्न लागेको हो । एक पटकको च्याम्पियन इटालीको भने यो युरो कपको चौथो फाइनल खेल हो । इंग्ल्यान्डले डेनमार्कलाई र इटली स्पेनलाई हराएर फाइनलमा पुगेको हो ।

आयोजक इंग्ल्यान्ड ५५ वर्ष पछि कुनै पनि ठूलो प्रतियोगीताको उपाधि जित्ने होडमा रहेको छ । हेट टु हेडका आधारमा इंग्ल्यान्ड र इटालीबीच हालसम्म २७ खेलमा प्रतिस्पर्धा भएको छ । जहाँ इटालीले ११ खेल जित्दा इंग्ल्यान्डले ८ खेल जितेको छ । टिमबीचको ८ खेल बराबरीमा सकिएको छ । आजको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने आंकलन गरिएको छ । तर युइएफको कारवाहीपछि इंग्ल्यान्ड आज मैदानमा दबाबमा देखिने खेल विश्लेषकहरुले बताएका छन् ।

 


Published :२७ असार २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media