राजेन्द्र गुरागाईंद्वारा बालउद्दार मा वी मा अक्षयकोष स्थापना

राष्ट्रपाटी न्युज

२ श्रावण २०७८

काठमाडौं। बुढानीलकण्ठ नगरपालिका वडा नं १२ का स्थानीय व्याक्तित्व एबम समाजसेवी राजेन्द्र गुरागाईंले बुढानिलकण्ठ नगरपालिका वडा नं १० स्थित बालउद्दार माध्यमिक विधालयमा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन्। आज विधालयमा सम्पन्न एक कार्यक्रममा आफ्नो पिता चुणामणी गुरागाईंको नाममा अक्षयकोष स्थापना गर्ने भन्दै उनले एक लाख एक हजार एक सय पचपन्न (रु १,०१,१५५ /-) रुपैया को चेक हस्तान्तरण गरेका छन्।

लामो समय देखि बुढानिलकण्ठ नगरपालिकाको कपन क्षेत्रमा राजनीतिक एबम सामाजिक रुपमा सक्रिय रहेका उनि बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का स्थानीय बासिन्दा हुन्। सरल स्वभाव अनि मिठो बोलि बचनका धनी गुरागाईं स्थानीय समुदायमा लोकप्रिय छन्। समाजमा रहेका दिन दुखि र पिडितहरुको सहयोगका लागि आफु सधै तत्पर रहेको गुरागाईं बताउछन्।

 

बालउद्दार माध्यमिक विधालयमा आर्थिक रुपमा कमजोर एबम बेसाहारा भाइबैनीहरु पढ्ने भएकाले उनीहरुको अध्ययनका लागि थोरै भएपनि सहयोग पुगोस भनेर आफुले अक्षयकोष स्थापना गरेको उनि बताउछन्। उक्त रकमको व्याजबाट प्राप्त रकम मार्फत छात्रवृति प्रदान गरिने विधालयका प्राधानाध्यापक विनोद पण्डितले जानकारी दिएका छन्।


Published :२ श्रावण २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media