चीनबाट थप आठलाख डोज भेरोसेल खोप आयो

काठमाडौं । चीनबाट कोरोनाविरुद्धको थप आठ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बेइजिङबाट थप आठ लाख खोप ल्याएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज बिहीबार दिउँसो २ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको बताए।
उहाँका अनुसार खोप ल्याएको निगमको जहाज आजै राति फेरि थप खोप लिन बेइजिङ उड्दैछ । आज बेइजिङ जाने जहाज भोलि दिउँसो २ बजे काठमाडौं फर्कने उहाँले बताउनुभयो ।
त्यस्तै बाँकी थप खोप लिन पुनः शनिबार वाइडवडी जहाज बेइजिङ जाने कार्यक्रम रहेको छ । नेपाल सरकारले चीनको खोप उत्पादक कम्पनी साइनोफार्मबाट ४० लाख डोज भेरोसेल खोप खरिद गरेको हो ।


Published :साउन ७, २०७८


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media