पूर्वमन्त्री पौडेलसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

राष्ट्रपाटी न्युज

असार ३२, २०८३

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्टको सम्पत्ति शुद्धीकरणसम्बन्धी गतिविधिमा मतियारको भूमिका खेलेको आरोपमा पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

विशेष अदालतले जारी गरेको सूचनाअनुसार पौडेलमाथि करिब २० करोड ९० लाख रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरणमा संलग्न रहेको आरोप लगाइएको छ।

विभागले पौडेलको बैंक खातामा रहेको ६ लाख ३४ हजार रुपैयाँ जफत गर्नसमेत विशेष अदालतसँग मागदाबी गरेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यस मुद्दामा विष्णु पौडेलसहित ६ जना व्यक्ति र १० वटा कम्पनीलाई प्रतिवादी बनाउँदै विशेष अदालतमा अभियोग दायर गरेको जनाएको छ।

उक्त मुद्दामाथि अब विशेष अदालतमा कानुनी प्रक्रिया अगाडि बढ्नेछ।


Published :असार ३२, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media