माधव नेपाल सहितका नेतालाई एमालेले आममाफी दिने

राष्ट्रपाटी न्युज

७ श्रावण २०७८

काठमाडौं। नेकपा एमालेले माधव नेपालसहितका नेतालाई आममाफी दिने निर्णय गरेको छ । बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टी एकताको खातिर बाटो बिराएका नेतालाई क्षमा दिने निर्णय गरको प्रवक्ता प्रदीप ज्ञवालीले बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई पार्टी एकताको प्रयासमा निरन्तर छलफल भइरहेकाले कारबाही नहुने उनले संकेत गरे । माधव नेपालसहित केही सांसदले प्रस्टीकरण दिएका छन् ।

 


Published :७ श्रावण २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media