भारतीय बिश्वबिद्यालयमा अबसर र छात्रवृतिका बारेमा जानकारी गराउदै कृष्णा फाउन्डेशन

राष्ट्रपाटी न्युज

१० श्रावण २०७८

काठमाडौं-भारतका उत्कृष्ट बिश्वबिद्यालय, कलेज र इन्स्टिच्यूटहरूमा उच्च शिक्षा हासिल गर्ने उदेश्यले जान चाहने बिधार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको कृष्णा फाउन्डेशनले बिधार्थीहरूलाई मेरीटको आधारमा भारतीय दुतावासले प्रदान गर्ने सतप्रतिशत छात्रवृतिको बारेमा जानकारी गराइरहेको छ।
कृष्णा फाउन्डेशनले भारतका उत्कृष्ट बिश्वबिद्यालय, कलेज र इन्स्टिच्यूटमा आफै गएर त्यस शैक्षिक संस्थामा रहेको पुर्वाधार, शिक्षाको गुणस्तर, अन्तर्राष्ट्रिय बिधार्थीहरू अनुभव र छात्रवृतिका बारेमा जानकारी प्राप्त गरी बिधार्थी र अभिभावकहरूलाई सत्यतथ्य जानकारी गराउदै आएको संस्थाका डाइरेक्टर सन्तोष कुमार चौधरीले जानकारी दिएका छन् । हाल शैक्षिक सत्र २०२१-२२ को लागि भर्ना प्रकृया अगाडि बढाउने समयमा कृष्णा फाउन्डेशनले यो स्कलरसिप इन इन्डियन युनिभर्सिटीज् प्रेस मिट एण्ड इन्फर्मेसन सेसनको आयोजना गरेको हो।

भारतीय दुतावास काठमाडौंले प्रत्येक बर्ष मेधावी र मेहनती बिधार्थीहरूलाई मेरीटको आधारमा सतप्रतिशत छात्रवृतिमा भारतका उत्कृष्ट बिश्वबिद्यालय र कलेजमा पढ्नको लागि पुर्ण छात्रवृति कम्पेक्स स्कलरसिप २०२१ मार्फत प्रदान गर्दै आएको छ। अगस्ट चार तारिख सम्म आबेदन दिने अन्तीम मिति रहेको यस छात्रवृतिमा अन्डरग्याजुएट प्रोग्राम BE ENGINEERING, PHARMACY, AGRICULTURE, FOOD TECHNOLOGY र B.Sc. NURSING का लागि शैक्षिक सत्र २०२१-२२ का लागि बिध्यार्थीहरूले आबेदन दिने ब्यबस्था गरिएको छ। “कृष्णा फाउन्डेशनले कम्पेक्स स्कलरसिपको फर्म भर्नका लागि बिध्यार्थीहरूलाई सहज होस् भन्ने उद्देश्यले अनलाइन काउन्सिलिङ टीम मार्फत सहयोग गर्दै आएको छ भने आफ्नै कार्यालयमा पनि बिध्यार्थी र अभिभावक आएर फारम भर्न सक्नेछन्”। उक्त कुरा एड्मिसन मेनेजर सुभाष केसब कोइरालाले जानकारी दिएका छन् ।

यस बर्ष कोरोनाको महामारीका कारण यो कम्पेक्स स्कलरसिप टेस्ट कम्प्युटर वेसमा अगस्टको चौंथो साता हुने भएको छ। कक्षा १२ पास गरेका र परीक्षा दिएका दुबै बर्गका बिध्यार्थीले यो स्कलरसिप टेस्ट दिन मील्ने भारतीय दुतावासद्वारा निस्कासित छात्रवृति फारम भर्ने तरिकामा उल्लेख गरिएको छ।
कक्षा १२ मा ६०% प्राप्ताङ्क ल्याएका बिधार्थीहरूले यो छात्रबृती दाबि गर्न सक्ने छन्। छात्रवृति सम्बन्धी सम्पूर्ण जानकारी भारतीय दुतावासको वेबसाइटमा राखिएको छ।
कम्पेक्स स्कलरसिप प्रदान गर्ने भारतका उत्कृष्ट बिश्वबिद्यालय अन्तर्गत सिम्बोसीस इन्टरनेसनल युनिभर्सिटी, एम एस रमैया इष्टीच्यूट अफ टेक्नोलोजी युनिभर्सिटी , भेल्लोर इन्स्टिच्युट अफ टेक्नोलोजी युनिभर्सिटी, जैन युनिभर्सिटी, यस आर एम युनिभर्सिटी, लभ्ली प्रोफेशनल युनिभर्सिटी, शिक्षा औ’ अनुसन्धान युनिभर्सिटी र भिग्नान्स् युनिभर्सिटी र के एल युनिभर्सिटी नेपालमा प्रबर्धन गरेको कृष्णा फाउन्डेशनका इन्टरनेसनल रिलेसन्स् डाइरेक्टर सुजित कर्णले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।
कम्पेक्स स्कलरसिप तथा अन्य थुप्रै छात्रवृतिको बारेमा जानकारी गराउँदै आएको कृष्णा फाउन्डेशन बिधार्थी र अभिभावकको विश्वासनीय परामर्श केन्द्रको रूपमा रहेको छ।


Published :१० श्रावण २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media