प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापति नियुक्त गरिने

राष्ट्रपाटी न्युज

१२ श्रावण २०७८

काठमाडौं- सरकारले नेपाली सेनाका बलाधिकृत रथि प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापति नियुक्त गर्न सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले साउन २६ गतेदेखि लागू हुने गरी नेपाली सेनाका बलाधिकृत रथि प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिमा मुकरर गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रधानसेनापति पूर्णचन्द्र थापा उमेर हदका कारण यसै महिना सेवाबाट निवृत्त हुँदै छन् ।

बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्वनाथ पौडेल र सदस्यद्वयमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बूलाई नियुक्त गरेको नेपाल सरकारका प्रवक्ता कार्कीले जानकारी दिए ।

यसैगरी बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ स्वीकृत गर्ने निर्णय पनि आजको मन्त्रिपरिषदबाट भएको उनले बताए ।


Published :१२ श्रावण २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media