हेल्मेट नलगाएपछि प्रहरीसँग पारसको लफडा

राष्ट्रपाटी न्युज

१५ श्रावण २०७८

काठमाडौँ । काठमाडौंको महाराजगञ्ज स्थित नारायणगोपाल चोकमा पूर्वयुवराज पारस शाह र प्रहरीबीच घम्साघम्सी भएको छ । हेल्मेट नलगाई मोटरसाइकलमा चलाई रहेका शाहलाई प्रहरीले पक्राउ गरेर हेल्मेट नलगाउनुको कारणबारे सोधपुछ गरेको थियो ।

तर प्रहरीले एकपटक सम्झाएर जानुस भन्दा पनि नगएपछि प्रहरीसँग धकेलाधकेल गर्दै लफडा परेको हो । सामाजिक सञ्जालमा भाइरल भिडियोमा प्रहरीले पारसको हात समातेर जान आग्रह गरिरहेका छन् । तर पारस जान्न भन्दै बम्किएको भिडियोमा देख्न सकिन्छ ।

काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले एकपटक समातेर पारसलाई छाडिएको जानकारी दिएका छन् । पारस बेला बेला प्रहरीसँग लफडा गर्ने गरेका छन्।


Published :१५ श्रावण २०७८


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media