सञ्चारकर्मी पन्तले मनाए पृथक शैलीको जन्मदिन

राष्ट्रपाटी न्युज

१६ श्रावण २०७८

काठमाडौं । एचटिभी खबरका संचालक तथा प्रधान सम्पादक सबिन पन्त ‘पृथक’ले आफ्नो जन्मदिवस पृथक ढंगले असहाय जेष्ठ नागरिकहरु सँग मनाएका छन् ।

बूढानीलकण्ठ नगरपालिका-७ स्थित रिमा साईराम सेवा घरमा परिवारसहित पुगेका उनले असहाय जेष्ठ नागरिकहरु, महिलाहरुलाई खाना खुवाउनुको साथै आवश्यक खाद्यान्न प्रदान गरेका थिए ।कोरोना कहरमा आश्रममा बस्ने जेष्ठ नागरिकलाई भौतिक दूरी कायम गर्दै खाधान्न सहयोग गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि फर्स्ट भाइस डिष्ट्रिक गभर्नर लायन महेन्द्र पौडेलले आफ्नो जन्मदिन घरमा परिवारसंग मात्रै बसेर भन्दापनि दुःखीहरुको सेवा गर्दै मनाएकोमा प्रशंसा गरेका थिए । उनले सबैले आफ्नो जन्मदिन लगायतका पारिवारिक गतिविधि सामाजिक कामगर्दै मनाउन आग्रह गरेका छन् ।

लायन्स क्लब अफ काठमाडौं टि कपनकी कोषाध्यक्ष समृद्धि पन्तको अध्यक्षतामा गरिएको कार्यक्रमको संचालन लायन्स क्लबका डिष्ट्रिक्ट चेयरपर्सन ठाकुर प्रसाद खकुरेलले गरेका थिए ।

सामाजिक क्षेत्रमा सक्रिय रहेका संचारकर्मी पन्तले आगामी दिनमा पनि आफूले सकेको सहयोग गर्ने जनाएका छन् ।


Published :१६ श्रावण २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media