अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने पारसको क्रिकेट यात्रा

राष्ट्रपाटी न्युज

१९ श्रावण २०७८

काठमाडौं। नेपालको राष्ट्रिय क्रिकेट टोलिका पूर्ब कप्तान एवम् अलराउन्डर पारस खडकाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। करिब दुई दशक नेपाली क्रिकेटमा निरन्तर राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्पर्धामा प्रदर्शनले चर्चा बटुलेका पारसले मंगलबार बिहान सन्यास लिने निर्णयमा पुगेको जानकारी गराएका हुन्। उनले अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा यात्रा टुङ्गिएपनि नेपाली क्रिकेटका लागि आफ्नो सपनालाई साकार पार्न नयाँ उचाइमा पुर्याउने विश्वास ब्यक्त गरेका छन् ।
पूर्ब कप्तान पारसले आफ्नो क्रिकेट जिवनबाट सन्यास लिएको नेपाल क्रिकेट संघ(क्यान)ले पुष्टि गरेको छ । क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले पूर्ब कप्तान पारसनले इमेल गरी सन्यासबारे जानकारी गराएको वताएका छन् । “पारसको अचानकको सन्यासको घोषणाले नेपाल क्रिकेट संघ स्तब्ध छ” भन्दै क्यानका कोषाध्यक्ष सिंहले नेपाललाई विश्वकपसम्म पुर्याउने सपनालाई साकार बनाउन उनको अनुभब र प्रदर्शनको खाँचो रहेको समयमा उक्त निर्णय आएको वताए ।
पारसले आफ्नो सन्यासबारे घोषणा गरेको वक्तब्यमा नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता ब्यक्त गरेका छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको प्रतिनिधित्व गर्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि रहेको वताएका छन् ।


राष्ट्रिय क्रिकेट टोलि हाल अन्तर्राष्ट्रिय एकदिबसीय श्रृखंला खेल्ने तयारीमा रहेको छ । बन्द प्रशिक्षण सोमबारबाट मात्रै सुरु भएको छ । सोमबार पहिलो दिन पारस बन्द प्रशिक्षणमा सहभागी भएनन्।
नेपालमा गत् अप्रिल महिनामा सम्पन्न नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय टी ट्वान्टी क्रिकेट श्रृखंलामा घाइते भएपछि पारस टोलिबाट बहिरिएका थिए । उनको स्थानमा कुशल भुर्तेलले अबसर पाएका थिए । २०७६ को फागुनमा नेपालले थाइल्याण्डमा एसीसी इस्टर्न रिजन टी ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्दा पारस टोलिका सदस्य थिए । उक्त प्रतियोगिता नै पारसको अन्तर्राष्ट्रिय प्रतियोगिता रहन गयो ।
पारस १५ वर्षको छदा सन् २००२ मा पहिलो पटक क्रिकेट यात्रा सुरु गरेका थिए। त्यसयता, उनि अलराउन्डरको भूमिकामा निरन्तर नेपालको राष्ट्रिय टोलिको प्रतिनिधित्व गरी चर्चामा छन् ।
पारसले सन् २००४, २००६ र २००८ को १९ वर्ष मुनिको विश्वकप क्रिकेटमा नेपालको प्रतिनिधित्व गरेका थिए । सन् २००९ मा उनले राष्ट्रिय टोलिको नेतृत्व गर्ने जिम्मेवारी पाएका थिए ।
सन् २००६ मा आईसीसी प्लेट च्याम्पियनशीपको सेमीफाइनलमा दक्षिण अफ्रिकालाई हराउन पारसको अन्तिम ओभरको बलिङ अझै स्मरणीय छ । सन् २००७ मा १९ वर्ष मुनिको एसीसी ट्रफी २००७ मा पारसको बलिङले नेपाललाई लगातार दोस्रो पटक प्लेट फाइनलसम्म पुर्यायो । उनले उक्त प्रतियोगितामा १२ विकेट लिएका थिए ।
नेपालको प्रतिनिधित्व गरी दश अन्तर्राष्ट्रिय एकदिबसीयमा पारसले एक शतक र एक अद्र्धशतकसहित ३१५ रन बनाएका छन् । बलिङमा उनले नौ पारीमा नौ विकेट लिएका छन् । अन्तर्राष्ट्रिय टी ट्वान्टीमा उनले ३२ खेलमा एक शतक र चार अद्र्धशतकसहित ७९९ रन बनाएका छन् । अन्तर्राष्ट्रिय टी ट्वान्टीमा उनले आठ विकेट लिएका छन् ।
अन्तर्राष्ट्रिय स्पर्धामा उनले नेपालका लागि छ खेलमा नेतृत्व गरेका छन् । सन् २०२० मा पारसले कप्तानीबाट राजिनामा गरेपछि ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले उनलाई विस्थापित गरेका थिए ।
गत् मङ्सिरमा पारसलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले दशकको एशोसिएट क्रिकेटरको रुपमा मनोनयन गरेको थियो । पारसकै नेतृत्वमा नेपालले पहिलो पटक सन् २०१४ को टी ट्वान्टी विश्वकप खेलेको थियो । त्यसयता नेपाल विश्वकप क्रिकेटमा छनोट हुन सकेको छैन् ।


Published :१९ श्रावण २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media