कपनबाट ठुलो मात्रामा लागुऔषध सहित २ जना पक्राउ

राष्ट्रपाटी न्युज

२९ श्रावण २०७८

काठमाडौं- राजधानीको बुढानिलकण्ठ नगरपालिकाको कपन क्षेत्रमा रहेको महानगरीय प्रहरी प्रभागले ठुलो मात्रामा प्रतिबन्धित लागुऔषध सहित दुइ जनालाई पक्राउ गरेको छ।

यही श्रावण २८ गते बिहान ११:०० बजेको समयमा बुढानिलकण्ठ नगरपालिका वडा नं.१२ कपन बालकुमारी टोल नजिक नियन्त्रित लागुऔषध अवैध रुपमा विक्रि वितरण भई रहेको भन्ने गोप्य सुचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट प्रहरी टोलि खटिएको थियो।

उक्त टोलीले चेक जाँच गर्दा उदयपुर जिल्ला स्थाई घर भई हाल बुढानिलकण्ठ न.पा.वडा नं.१० जोरधारा बस्ने बर्ष ३० को शिब कुमार गिरी र सिन्धुपाल्चोक स्थाई घर भई हाल बुढानिलकण्ठ न.पा.वडा नं.१२ मुस्कान चोक बस्ने बर्ष ४२को बुद्ध गुरुङ पक्राउ परेका छन्। उनीहरुको साथबाट लागुऔषध DIAZELAB ३९९ एम्पुल, NOOPHIN ३९० एम्पुल, PHENERGAN ४०० एम्पुल गरी जम्मा ११८९ एम्पुल थान र NITRAVET -10 लेखिएको ९०० चक्की बरामद गरिएको छ।

उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीको लागी महानगरीय प्रहरी वृत्त बौद्ध पठाईएको महानगरीय प्रहरी प्रभाग कपनले आफ्नो सामाजिक संजाल मार्फत जानकारी दिएको छ ।


Published :२९ श्रावण २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media