अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त

काठमाडौं– बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् ।

प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले संसदीय दलका नेता शाक्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएसँगै शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बन्ने अवसर पाएकी हुन् ।

शाक्य बुधबार नै एमाले संसदीय दलको नेता चयन भएकी थिइन् ।

बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पद तथा गोपनीयताको सपथ समेत लीसकेकी छन् । उनलाई प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइँले मुख्यमन्त्री नियुक्त गरेका थिए ।

उनि पहिलो महिला मुख्यमन्त्री बनेकी छन् ।

सपथ ग्रहण लगत्तै मुख्यमन्त्री शाक्यले दुई मन्त्री नियुक्त गरेकी छन् । उनले केशव पाण्डेलाई आन्तरिक मामला तथा भौतिक पूर्वाधार मन्त्री तथा कृष्ण खनाललाई सामाजिक विकास मन्त्री नियुक्त गरेकी हुन् ।


Published :२ भाद्र २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media