माधव नेपालको पार्टीको नाम नेकपा एकीकृत समाजवादी

काठमाडौं- पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेता महन्थ ठाकुरको प्रस्तावित नयाँ दलको नाम फेरिएको छ ।

निर्वाचन कानूनअनुसार दर्ता भइसकेको दलसँग मिल्दोजुल्दो नाम राख्न नपाइने भएपछि नेकपा एमाले समाजवादी नामलाई परिवर्तन गरेर नेकपा एकीकृत समाजवादी राखिएको छ ।

यसैगरी जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) नाम तय गरेको महन्थ ठाकुर समूहले पनि नयाँ पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी टुंगो लगाएको छ ।


Published :४ भाद्र २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media