बूढानीलकण्ठ नगरपालिकामा भाद्र ०८ गते भेरोसेल खोप लगाईने

बूढानीलकण्ठ । बूढानीलकण्ठ नगरपालिकामा भाद्र ८ गते एक दिन कोभिड १९ विरुद्धको चाइनिज भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ।

कोभिड १९ रोगको रोकथाम, नियन्त्रण र व्यवस्थापनको लागि नेपाल सरकारबाट निर्धारित उमेर समुह अन्तर्गत ४० वर्ष माथिका व्यक्तिहरु साथै अन्य तोकिएका व्यक्तिहरुलाई खोप प्रदान गरिने भएको हो।

जनस्वास्थ्य महाशाखाका अनुसार नगरपालिकाका सबै वडामा खोप केन्द्र सञ्चालन गरीने छ। खोप एक दिन मात्र लगाइने हुँदा भाद्र ८ गते बिहान ९ बजे देखि ४ बजेसम्म लगाउन नगरपालिकाले सबै नगरबासीलाई अनुरोध गरेको छ।

खोप केन्दहरु:

१. आधारभूत स्वास्थ्य केन्द्र, तौलुङ्ग चौतारा -०१

२. चपली भद्रकाली स्वास्थ्य चौकी -०२

३. बूढानीलकण्ठ स्वास्थ्य चौकी -०३

४. श्री राम आधारभूत विद्यालय पासिकोट वडा नं -०४

५. शहरी स्वास्थ्य केन्द्र, विष्णुमती -०५

६. खड्का भद्रकाली स्वास्थ्य चौकी -०६

७. आधआरभूत स्वास्थ्य केन्द्र, तल्लो खत्रीगाउँ -०७

८. महाँकाल स्वास्थ्य चौकी -०८

९. श्री नेशनल आइडियल स्कूल, वडा नं -०९

१०. श्री त्रिनेत्र स्कुल, कपन वडा नं -१०

११. कपन स्वास्थ्य चौकी -११

१२. श्री त्रिज्योति स्कुल, कपन वडा नं १२

१३. चुनिखेल स्वास्थ्य चौकी १३


Published :४ भाद्र २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media