निर्वाचन आयोगमा सनाखतको प्रक्रिया सुरु

काठमाडौं- निर्वाचन आयोगले दल दर्ता सनाखत सुरु गरेको छ ।

प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरु बिहान ११ बजे नै चन्द्रागिरिबाट टुरिस्ट बस चढेर सामूहिकरुपमा नै आयोग पुगेका छन् । एकीकृत समाजवादी र महन्थ ठाकुर पक्षका लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा सांसदलाई सनाखतका लागि आज साढे ११ देखि २ बजेसम्मको समय तोकिएको छ ।

सनाखतका लागि केन्द्रीय सदस्यहरुले नागरिकताको प्रमाण पत्र र सांसदहरुले संसद सचिवालयको परिचय पत्र अनिवार्य गरिएको छ ।

दुवै दलका केन्द्रीय सदस्य तथा सांसदका लागि अलग – अलग हस्ताक्षर गर्ने व्यवस्था गरिएको छ । आयोग सचिवालयका अधिकारीहरुको रोहवरमा सनाखत गरिने र यसको प्रतिवेदन आयोग समक्ष आजै बुझाइने जानकारी प्रवक्ता राजकुमार श्रेष्ठले दिएका छन् ।


Published :९ भाद्र २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media