बूढानिलकण्ठमा अनेमसंघको प्रशिक्षण कार्यक्रम सम्पन्न

राष्ट्रपाटी न्युज

१२ भाद्र २०७८

काठमाडौं। अखिल नेपाल महिला संघ बूढानिलकण्ठ नगर कमिटीले एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
बूढानिलकण्ठ नगरपालिकामा रहेको छाहारी भवनमा निर्मला खड्काको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा अनेमसंघ केन्द्रिय कार्यालय सदस्य सरिता न्यौपानेले प्रमुख प्रशिक्षकको रुपमा प्रशिक्षण दिएकि थिइन्।

उक्त प्रशिक्षण कार्यक्रममा बूढानिलकण्ठ नगरपालिकाबाट अनेमसंघको जिल्ला, प्रदेश एबम केन्द्रमा प्रतिनिधित्व गर्ने महिला नेत्रीहरु एबम बूढानिलकण्ठ नगर कमिटिका सचिवालय सदस्यहरु प्रशिक्षार्थीको रुपमा रहेका थिए।

उक्त कार्यक्रममा केन्द्रिय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज रत्न गुरुङले अनेमसंघ र पार्टी इतिहास सम्बन्धि र केन्द्रिय सदस्य तथा जिल्ला संयोजक सरिता दाहालले संगठन व्यवस्थापन र बैठक सञ्चालन बिधि सम्बन्धि बिषयमा सहभागी प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिएका थिए।

कार्यक्रममा बूढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्वव खरेल, अनेमसंघ केन्द्रिय सदस्य सरिता निरौला तथा अनिता लामाले शुभकामना मन्तव्य दिएका दिएका थिए। उक्त कार्यक्रममा अतिथिको रुपमा नेकपा एमाले बूढानिलकण्ठ नगरपालिकाका अध्यक्ष प्रदीप डङ्गोल, बूढानिलकण्ठ नगरपालिकाका उपप्रमुख रमा देवी राइ, अनेमसंघ नगर इन्चार्ज देवी रेग्मी लगायत उपस्थित रहेका थिए।

 

नेकपा एमाले बिभाजन समेत भएको नयाँ परिस्थितिमा देशव्यापी रुपमा प्रशिक्षण कार्यक्रम संचालन गर्न आबश्यक भएको र यो कार्यक्रम स्थानीय महिला नेत्रीहरुको लागि अत्यन्त महत्वपूर्ण बन्न पुगेको अनेमसंघ जिल्ला सचिवालय सदस्य एबम नगर इन्चार्ज देवी रेग्मीले बताएकी छन्।

 

 


Published :१२ भाद्र २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media