कोरोना संक्रमण घट्दै, निको हुने दर बढ्दै

राष्ट्रपाटी न्युज

१४ भाद्र २०७८

काठमाडौं। साउन दोस्रो सातादेखि बढ्दै गएको कोरोना सङ्क्रमितको सङ्ख्या फेरि घट्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएको देखिएको छ ।

साउन दोस्रो सातादेखि घट्दै गएको कोरोना सङ्क्रमितको सङ्ख्या भदौ दोस्रो साताबाटै घट्दै जान थालेको स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्याङ्कले देखाउँछ । साउन २९ गते तीन हजार ९१५ जना सङ्क्रमिण थपिएकोमा आइतबार पुष्टि भएकोमा आइतबार भदौ १३ गते एक हजार ३८८ जना नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आइतबार थपिएको नयाँ सङ्क्रमित कोरोना महामारीको दोस्रो लहर शुरु भएयताकै कम रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै दुई हजार २६० जना सङ्क्रमण मुक्त भएका छन् । यसैगरी, शनिबार एक हजार ८५७ जनामा सङ्क्रमित थपिएका छन् ।

सो अवधिमा दुई हजार २२२ जना सङ्क्रमण मुक्त भएका छन् । शुक्रबार दुई हजार ६५ जनामा सङ्क्रमण पुष्टि हुँदा दुई हजार ३३७ जना निको भएका थिए । बिहीबार दुई हजार ४३३ जनामा संक्रमित थपिँदा एक हजार ९२९ जना सङ्क्रमण मुक्त भएका छन् । बुधबार दुई हजार ४८२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । सो अवधिमा एक हजार एक हजार ७८१ जना निको भएका थिए ।

यसैगरी, मंगलबार दुई हजार ५२५ जनामा सङ्क्रमण पुष्टि भएकोमा दुई हजार ८६ जना सङ्क्रमण मुक्त भएका थिए । साथै, सोमबार एक हजार ८०१ जना सङ्क्रमित थपिएका थिए । यस दिन एक हजार ९२४ जना निको भएका थिए । आइतबार भने एक हजार ९२० जनामा सङ्क्रमण देखिएको थियो । साथै दुई हजार २४८ जना निको भएका थिए ।

एक साताको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार सङ्क्रमण मुक्त हुनेको सङ्ख्या धेरै देखिएको छ । नेपालमा हालसम्म कुल सात लाख ६१ हजार १२४ जना सङ्क्रमित छन् । जसमा सात लाख १४ हजार ५२० जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण निको हुने दर ९३.९ प्रतिशत हो । त्यस्तै, कोरोना सङ्क्रमणका कारण १० हजार ७३० जनाले ज्यान गुमाइसकेका छन् ।

सोमबार पछिल्लो २४ घण्टामा दुई हजार २९५ जना नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ भने एक हजार ८०८ जना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा १६ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।


Published :१४ भाद्र २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media