एमालेको विधान महाधिवेशन गोदावरीमा शुरु

राष्ट्रपाटी न्युज

१५ आश्विन २०७८

काठमाडौं, असोज १५ गते । नेकपा एमालेको विधान महाधिवेशन ललितपुरमा शुरु भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रको हलमा एमालेको विधान महाधिवेशन शुक्रबार दिउँसोदेखि शुरु भएको हो । विधान महाधिवेशनमा देशभरका छ हजारभन्दा बढी प्रतिनिधि सहभागी छन् । आजबाट शुरु भएको महाधिवेशन तीन दिन चल्नेछ ।

पहिलो दिन आज अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव एवं सङ्गठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गर्नेछन।

त्यस्तै महाधिवेशनको दोस्रो दिन शनिबार समूहगत रुपमा छलफलग गरी आवश्यक सुझावसहित ती प्रतिवेदन पारित हुनेछन् । तीन दिन चल्ने महाधिवेशनले पार्टीको नीति र विधि तय गर्ने एमालेले जनाएको छ । त्यस्तै एमालेको राष्ट्रिय महाधिवेशन भने आगामी मङ्सिरमा हुनेछ ।


Published :१५ आश्विन २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media