Close Menu
    आजका समाचार

    जनजीविकाका सवालमा ध्यान दिन सरकारलाई कांग्रेसको सुझाव

    मंसिर १२ २०८३, शनिबार

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सङ्घीयताको मर्मबमोजिम सञ्चालन

    मंसिर १२ २०८३, शनिबार

    सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र दुर्व्यवहार गर्ने १२१ जना पक्राउ

    मंसिर १२ २०८३, शनिबार
    Facebook X (Twitter) Instagram
    ब्रेकिङ न्यूज
    • जनजीविकाका सवालमा ध्यान दिन सरकारलाई कांग्रेसको सुझाव
    • दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सङ्घीयताको मर्मबमोजिम सञ्चालन
    • सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र दुर्व्यवहार गर्ने १२१ जना पक्राउ
    • कांग्रेसको झण्डा र रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैनः प्रकाशशरण महत
    • दसौँ राष्ट्रिय खेलकुदः एपीएफ पुरुष फुटबलको सेमिफाइनलमा
    • लोकतन्त्र जोगाउन कांग्रेस प्रश्न गर्न र बोल्न छोड्दैनः महामन्त्री पौडेल
    • स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
    • यस्तो छ आजको मौसम पूर्वानुमान
    Facebook X (Twitter) Instagram
    राष्ट्रपाटीराष्ट्रपाटी
    Demo
    • होमपेज
    • राजनीति
    • अर्थ
    • विचार
    • कला/मनोरन्जन
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • समाचार
      • प्रदेश समाचार
      • जिल्ला समाचार
      • स्थानीय समाचार
    • बुढानिलकण्ठ
    • शिक्षा
    राष्ट्रपाटीराष्ट्रपाटी
    Home»खेलकुद»दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सङ्घीयताको मर्मबमोजिम सञ्चालन
    खेलकुद मंसिर १२ २०८३, शनिबार

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सङ्घीयताको मर्मबमोजिम सञ्चालन

    Manoj KhatiwadaBy Manoj Khatiwadaमंसिर १२ २०८३, शनिबारNo Comments0 Views
    Clock मंसिर १२ २०८३, शनिबार

    कर्णाली । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले ‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३’ सङ्घीयताको मर्मबमोजिम सञ्चालन हुने बताएका छन् ।

    ‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३’ को पूर्ण तयारीबारे आज राष्ट्रिय खेलकुद परिषद्द्वारा सुर्खेत वीरेन्द्रनगरस्थित प्रदेश रङ्गशालामा आयोजित ‘पत्रकार सम्मेलन’मा मन्त्री पोखरेलले प्राविधिक तथा भौतिक संरचनाका कारण पौडी र टेनिस दुई वटा विधाका खेल लुम्बिनी प्रदेशको बाँके र बर्दिया जिल्लामा भए पनि २२ विधाका खेल सुर्खेतमै भएको बताए ।

    कर्णाली प्रदेश रङ्गशाला हुँदाहुँदै फुटबलको सेमिफाइनल र फाइनल खेल जुम्लामा किन भन्ने पत्रकारहरूको प्रश्नमा उनले भने, “सुर्खेतलाई मात्र कर्णाली भनेर नबुझ्न आग्रह गर्दछु । सङ्घीयताको मर्म बमोजिम जसरी कर्णालीवासीको खुसीको लागि काठमाडौँ छोडेर प्रतियोगिता कर्णालीमा भयो । त्यसैगरी जुम्लावासीको खुसीका लागि पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेल जुम्लामा सञ्चालन गर्ने न्यायिक निर्णय भएको हो । महिला फुटबलको सेमिफाइनल र फाइनल खेल त प्रदेश रङ्गशालामा हुँदैछ ।”

    मन्त्री पोखरेलले खेलकुदको कुम्भ मेला मानिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ लाई सफल बनाउन कर्णालीवासीलगायत सबै सरोकारवालाहरूलाई आग्रह गर्नुभयो । मङ्सिर १६ गते आयोजना हुने प्रतियोगिताको उद्घाटनका लागि प्रधानमन्त्री बालेन्द्र शाह गर्ने उनले जानकारी दिए ।
    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले कर्णालीसहित सिङ्गो राष्ट्रको प्रतिष्ठासँग जोडिएको प्रतियोगिता भव्यरूपमा सम्पन्न गर्न कर्णालीवासीलाई आह्वान गरिन् । उनले अपाङ्गता भएका व्यक्ति, सुत्केरी महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई प्रतियोगिता हेर्नका लागि सघाउन अनुरोध गरिन् ।

    उक्त पत्रकार सम्मेलनमार्फत राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव रामचरित्र मेहत्ताले अनौपचारिक रूपमा प्रदेश रङ्गशालालगायत कर्णालीमा आठ विधाका खेल सञ्चालन भएको बताउँदै ‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३’ पूर्ण तयारी भएको बताए । उनका अनुसार प्रतियोगिता तयारीको थप प्रगतिबारे यही मङ्सिर १५ गते जानकारी गराइनेछ ।

    Manoj Khatiwada

    सम्बन्धित समाचार

    दसौँ राष्ट्रिय खेलकुदः एपीएफ पुरुष फुटबलको सेमिफाइनलमा

    मंसिर १२ २०८३, शनिबार

    शिरिस्थानको ज्वालाबाट ‘दसौँ राष्ट्रिय खेलकुद’को ट्रफी टुर सुरु, दैलेखले राष्ट्रिय पहिचान पाउने विश्वास

    मंसिर ११ २०८३, शुक्रबार

    भारतलाई ८ विकेटले हराउँदै श्रीलंका एसिया कप राइजिङ स्टार्सको फाइनलमा

    मंसिर ११ २०८३, शुक्रबार

    गाउँगाउँमा क्रिकेटको क्रेज, खेतबारीमै चम्किँदै स्थानीय प्रतिभा

    मंसिर १० २०८३, बिहिबार

    दशौँ राष्ट्रिय खेलकुदमा आज पाँच खेल हुँदै

    मंसिर ९ २०८३, बुधबार

    दशौँ राष्ट्रिय खेलकुदः महिला क्रिकेटमा आर्मी विजयी

    मंसिर ८ २०८३, मङ्लबार
    Leave A Reply Cancel Reply

    ताजा समाचार

    बुढानीलकण्ठ-१ का वडाध्यक्षका उम्मेदवार लामाद्वारा कांग्रेस परित्याग गरेको घोषणा

    मंसिर ६ २०८३, आइतवार259

    काठमाडौं क्षेत्र नं. ४ मा कांग्रेस संस्थापन इतरको बृहत् कार्यकर्ता भेला हुँदै

    अशोज ९ २०८३, शनिबार121

    बदलिएको कांग्रेसमा उद्यमशील कुमार खड्काको महाधिवेशन प्रतिनिधिमा दाबेदारी

    अशोज ९ २०८३, शनिबार62

    रास्वपा बुढानीलकण्ठ-१० द्वारा रक्तदान कार्यक्रम आयोजना

    अशोज ३ २०८३, आइतवार51

    ‘मत फरक हुन सक्छ, मन फरक हुनु हुँदैन’- कुमार खड्का

    अशोज १५ २०८३, शुक्रबार48
    समाचार अपडेट
    राजनीति

    जनजीविकाका सवालमा ध्यान दिन सरकारलाई कांग्रेसको सुझाव

    By Manoj Khatiwadaमंसिर १२ २०८३, शनिबार0

    ललितपुर । नेपाली कांग्रेसले अर्थतन्त्र र जनजीविकाका सवालमा सरकारलाई गम्भीर हुन सुझाव दिएको छ ।…

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सङ्घीयताको मर्मबमोजिम सञ्चालन

    मंसिर १२ २०८३, शनिबार

    सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र दुर्व्यवहार गर्ने १२१ जना पक्राउ

    मंसिर १२ २०८३, शनिबार

    कांग्रेसको झण्डा र रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैनः प्रकाशशरण महत

    मंसिर १२ २०८३, शनिबार

    दसौँ राष्ट्रिय खेलकुदः एपीएफ पुरुष फुटबलको सेमिफाइनलमा

    मंसिर १२ २०८३, शनिबार

    ताजा सूचना, उपयोगी जानकारी, मनोरञ्जन तथा विभिन्न विषयका रोचक ब्लगहरू एकै ठाउँमा। हरेक दिन नयाँ र विश्वसनीय सामग्रीमार्फत तपाईंलाई अद्यावधिक राख्ने हाम्रो प्रयास हो।

    Facebook
    बूढानीलकण्ठ नगरपालिका–१०, काठमाडौं, नेपाल

    Email:
    rastrapati2020@gmail.com

    Phone:
    +977- 9851038986 / 9841219160
    © 2026 Rastrapati. Designed by Namche Web Pvt. Ltd.
    • विज्ञापनको लागि
    • सम्पर्क

    Type above and press Enter to search. Press Esc to cancel.