साफ च्याम्पियनसिप उपविजेता नेपाली टोलीको विमानस्थलमा भव्य स्वागत

राष्ट्रपाटी न्युज

१ कार्तिक २०७८

काठमाडौं- साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली टोली काठमाडौं आइपुगेको छ ।

नेपाली राष्ट्रिय खेलाडी र अफिसियलहरुको टोली काठमाडौंमा अवतरण गरेको हो । टोलीको स्वागतमा युवा तथा खेलकुद मन्त्री महेश्‍वरजंग गहतराज विमानस्थल पुगेका थिए ।

मालदिभ्सको राजधानी मालेमा शनिबार बेलुका भएको फाइनल खेलमा भारतसँग ३-० अन्तरले पराजित हुँदा नेपाल उपविजेतामा सीमित बनेको थियो । साफको इतिहासमा नेपाल पहिलो पटक फाइनलमा पुगेको थियो ।

नेपाललाई फाइनलसम्म पुर्‍याउन सफल मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भने नेपाल फर्किने कि नफर्किने भन्ने विषयमा पछि निर्णय लिने बताएका छन् ।


Published :१ कार्तिक २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media