बूढानीलकण्ठ-१३ मा जुझारु युवा नेता टिकेश नारायण श्रेष्ठको नेतृत्वमा बन्यो एमालेको वडा कमिटि

राष्ट्रपाटी न्युज

७ कार्तिक २०७८

काठमाडौँ । नेकपा एमाले बूढानीलकण्ठ नगरपालिकाको साबिक चुनिखेल गाविस रहेको वडा नम्वर १३ मा सर्बसम्मत नेतृत्व चयन भएको छ। तत्कालिन अबस्थामा सम्पूर्ण जनप्रतिनिधि जितेको एमालेले यस क्षेत्रमा वडा कमिटि विवाद रहित ढंगले सहमतिमा चयन गरेको छ। पार्टी बिभाजन भएर नेकपा एकीकृत समाजबादी गठन भएपनि खासै असर नपरेको भनिएको यस वडामा एमालेले एकताको संदेश दिन सर्बसम्मत नेतृत्व चयन गरेको वडाध्यक्ष श्री कृष्ण श्रेष्ठ बताउंछन्।

नेकपा एमाले बुढानिलकण्ठ १३ वडा कमिटीको अध्यक्षमा शसक्त एबम जुझारु युवा नेता टिकेश नारायण श्रेष्ठ निर्वाचित भएका छन। नेकपा एमालेका केन्द्रीय सदस्य तथा विदेस विभाग प्रमुख डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा भएको वडा अधिवेसनले श्रेष्ठलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो।
त्यसैगरी उपाध्यक्षमा कृष्ण श्रेष्ठ, सचिवमा धर्म श्रेष्ठ, उपसचिवमा मंगल नगरकोटी र धन लाल श्रेष्ठलाई निर्वाचित गरिएको छ ।

त्यस्तै सुजन श्रेष्ठ ,देवराज केसी , सुरेश नगरकोटी,रबि श्रेष्ठ ,राजु श्रेष्ठ ,मदन बुढाथोकी ,राज कुमार श्रेष्ठ ,सिबेन्द्र श्रेष्ठ ,राजन श्रेष्ठ ,अशोक श्रेष्ठ ,शिशिर श्रेष्ठ ,हरि कृष्ण श्रेष्ठ ,ज्योति राम श्रेष्ठ ,विष्णु श्रेष्ठ,रामकृष्ण श्रेष्ठ ,सानुभाई श्रेष्ठ ,विष्णु श्रेष्ठ ,श्री कृष्ण श्रेष्ठ ,अम्बिका श्रेष्ठ ,सुजन श्रेष्ठ ,राम प्रसाद श्रेष्ठ ,सानुकान्छा श्रेष्ठ ,शान्त माया बिक ,सदिक्षा श्रेष्ठ ,सानुमाया श्रेष्ठ ,सरिता श्रेष्ठ ,कृष्ण देवी श्रेष्ठ ,राजकाजी श्रेष्ठ लगायत सदस्यमा निर्वाचित भएका छन।

 


Published :७ कार्तिक २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media