बूढानिलकण्ठमा २९ जना युवाहरु एमालेमा प्रवेश

राष्ट्रपाटी न्युज

१५ कार्तिक २०७८

काठमाडौं ।आज बूढानिलकण्ठ नगरपालिका वडा -१० कपनमा भएको नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रममा दर्जनौं युवाहरु नेकपा माओवादी ( विप्लव समुह ) बाट नेकपा एमालेमा प्रवेश गरेका छन। नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा २९ जना युवाहरु नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले बूढानिलकण्ठ १० का सचिव शम्भु पौडेलले जानकारी दिएका छन्।

उक्त पार्टी प्रवेस कार्यक्रममा नेकपा एमाले काठमाडौंका सचीव दिपक निरौला, जिल्ला कमिटी सदस्य तथा काठमाडौं क्षेत्र -४ का संयोजक तेज ढकाल , सह संयोजक लक्ष्मी संग्रौला , जिल्ला कमिटिका सदस्यहरु राजन पोखरेल, सुशीला सिलवाल , मधु अधिकारी, शिला लामा, बूढानिलकण्ठ नगर अध्यक्ष प्रदिप डंगोल, उपाध्यक्ष शम्भु भट्टराई लगायतको उपस्तिथि रहेको थियो।

नेकपा एमाले बुढानिलकण्ठ -१० का अध्यक्ष जगत प्रसाद निरौलाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा माओवादी (बिप्लव) परित्याग गरेर बिक्रम सेन्चुरी,राज बराइली,मदन चौलागाई ,सुरज श्रेष्ठ ,विजय लामा सहित का यूवाहरु एमालेमा प्रवेश गरेका थिए भने पार्टी प्रवेशको संयोजन केहि समय अगाडी एमाले प्रवेश गरेकी शिला लामाले गरेकी थिइन् ।


Published :१५ कार्तिक २०७८


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media