चीनले नेपाललाई थप १६ लाख डोज भेरोसेल खोप सहयोग गर्ने

राष्ट्रपाटी न्युज

१७ कार्तिक २०७८

काठमाडौं– चीन सरकारले नेपाललाई थप १६ लाख डोज कोरोना खोप सहयोग गर्ने भएको छ ।

चीनले नेपाललाई भेरोसेल खोप सहयोग गर्न लागेको हो । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई खोप हस्तान्तरण गरेकी थिइन् ।

राजदूत यान्छीले चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई ३ लाख डोज खोप तथा मेडिकल उपकरण सहयोग गर्ने समेत जानकारी दीइन । आज प्रतिबद्धता जनाइएको खोप डिसेम्बर ५ तारिकमा नेपाल आइपुग्ने नेपालका लागि चीनका राजदुत यान्छीले बताएकी छन् ।

चीनले हालसम्म ३४ लाख डोज खोप अनुदान दिएको छ । त्यस्तै चीनबाट नेपालले ५९ लाख डोज कोभ्याक्स खोप कस्ट सेयरिङ अन्तर्गत खरिद गरेको छ । जसमध्ये १० लाख २० हजार डोज खोप आइसकेको छ । थप खोप ल्याउने प्रक्रिया चलिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


Published :१७ कार्तिक २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media