नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम साढे ४ अर्ब

राष्ट्रपाटी न्युज

साउन १८, २०८३

काठमाडौं । सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ। साताको पहिलो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक १.२० अंकले घटेर २६८४.३३ विन्दुमा अडिएको हो।

यसदिन ३४९ वटा स्क्रिप्सको १ करोड १४ लाख ४९ हजार ९८७ कित्ता सेयर ४ अर्ब ५७ करोड २० लाख ८४ हजार  २३१ रुपैयाँमा खरिदबिक्री भए।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ्ग मिल्स शीर्षस्थानमा रह्यो। सो कम्पनीले २७ करोड ६२ लाख मूल्य बराबरको कारोबार गर्यो। यस्तै रिडी पावर कम्पनिले २० करोडको कारोबार गर्दा ग्लोबल आईएमई बैंकले १९ करोड,सप्तकोशी डेभलपमेन्टले १७ करोड र एनआरएन एण्ड डेभलपमेन्टले १५ करोडको कारोबार गरे।

एभरेष्ट कलरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर ११.७७ प्रतिशतले बढ्दा माहुली लघुवित्त वित्तीय संस्थाको ७.१६ प्रतिशतले बढ्यो।

कारोबारमा आएकामध्ये १२६ वटा स्टक्सको मूल्य बढ्दा १४१ वटाको घट्यो। ७ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। पाँचवटा समूहको उपसूचक घट्दा बाँकी अरु समूहको उपसूचक सकारात्मक देखिएका छन्।


Published :साउन १८, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media