ओखलढुंगा कांग्रेसमा यूवा नेता राजन सुवेदीको सम्भावना वलियो

राष्ट्रपाटी न्युज

३० कार्तिक २०७८

ओखलढुंगा । देशभर कांग्रेस महाधिवेशनको चर्चा चुलिंदै गर्दा ओखलढुंगामा पनि आसन्न १४औँ जिल्ला अधिवेशनको माहोल तातेको छ । आगामी मंसिर ६ गते जिल्ला अधिवेशन हुने निश्चित भएपछि अधिवेशनको सरगर्मी व्यापक रुपमा बढेको हो ।

अधिवेशनका लागि तेजन खनाल (तेजेन्द्र) सभापति रहेको प्यानलले उम्मेदवार घोषणा गरेको छ । प्यानलको उपसभापतिमा नवराज केसी र भूपेन्द्र बस्नेत, सचिवमा अजय लुइटेल र राजकुमार ढुंगाना रहेका छन् । यस्तै सह सचिवमा प्रदीप बानियाँ र भोजकुमार श्रेष्ठ छन् ।

विशेष स्रोतका अनुसार आगामी अधिवेशनमा खनाल प्यानललाई जिल्लाका ८ वटै स्थानीय तहका सभापतिहरुको समेत समर्थन छ । नेपाली कांग्रेस ओखलढुंगाका प्रभावशाली नेताहरुले खनाल प्यानललाई समर्थन गरेका छन् । पार्टी सभापति प्रदीपकुमार सुनुवारको समर्थन पनि यही प्यानललाई छ तर कांग्रेस नेता तथा संविधानसभा सदस्य रामहरि खतिवडाको समर्थन रहेको भनिएपनि अन्तिमसम्म के हुने हो टुंगो नभएको एकजना कांग्रेस नेताको भनाइ छ।
यसैबीच देउवा पक्षबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार टुंगो लागेको स्रोतले जनाएको छ । हालसम्म प्राप्त जानकारी अनुसार रामहरि खतिवडा, प्रदीपकुमार सुनुवार, रुद्र अधिकारी, खिलानाथ दाहाल, अशोक कार्की, प्रकाश दाहाल, राजन सुवेदी, वेदबहादुर रोका, दानबहादुर बानियाँ र भीम गौतम उम्मेदवार हुन् । यस्तै महाधिवेशन प्रतिनिधि खुला महिलाका उम्मेदवार बाला अधिकारी, सविता राई, हेमालक्ष्मी राई र तारा कार्की रहेका छन् ।सोही पक्षबाट प्रदेश क सभापतिमा सन्तोषबाबु थापा र प्रदेश ख सभापतिमा आश्वाचन राई उम्मेदवार रहेका छन् ।

यसैबीच महाधिवेशन प्रतिनिधिमा खुला तर्फबाट तेजन खनाल (तेजेन्द्र)को नेतृत्वमा रहेको टिमका प्रतिष्पर्धी राजन कुमार सुबेदीको बिजयी हुने सम्भावना बलियो रहेको नेपाली कांग्रेसका एक जिल्ला नेताले बताएका छन्। मिठो बचन, आकर्षक एबम साहसिक व्याक्तित्वका धनि सुबेदीको हाल ओखलढुंगा कांग्रेस वृतमा बिशेष चर्चा परिचर्चा हुने गरेको छ । ओखलढुंगाको पश्चिम क्षेत्रमा कांग्रेसको नेतृत्वको विकल्पको रुपमा अब सुबेदी उदाए भन्दा फरक नपर्ने एक कांग्रेस नेता बताउंछन्।

ओखलढुंगामा पुन कांग्रेसको विजय गराउन सुबेदी जस्ता युवा नेतृत्वले अबसर पाए कांग्रेसको पुन बिरासत जोगिन सक्ने र आगामी जिल्ला अधिवेशन कांग्रेस कार्यकर्ताको लागि कस्तो कांग्रेस बनाउने भन्ने परिक्षाको घडी रहेको एकजना कांग्रेसका जिल्ला नेताको भनाइ छ।

 

 

 


Published :३० कार्तिक २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media