म नेकपा एमालेमा नै छु। – जयराम थापा

काठमाडौं। बूढानिलकण्ठ नगरपालिकाका सल्लाहाकार एबम अधिवक्ता जयराम थापाले आफूले पार्टी परिवर्तन गरेर एमाले छोडी नेकपा एकीकृत समाजबादिमा प्रवेश गरेको भन्ने कुरा गलत भएको बताएका छन्। आफू लामो समय देखि नेकपा एमालेमा सक्रिय रहेको र आगामी दिनमा पनि रहने बताउंदै उनले पार्टीले दिने उचित जिम्बेबारीको प्रतीक्षामा रहेको जानकारी दिएका छन्।

तत्कालिन प्रधानमन्त्री के पी शर्मा वलीले गरेको संसद बिघटन असंबैधानिक रहेको भन्दै उनले सर्बोच्च अदालतमा बहस गरेका थिए। त्यसको आधारमा आफूलाई गलत नजरले हेरिएको भए पनि आफूले नेकपा एमाले नछोडेको बताएका छन्।

नेकपा एकीकृत समाजवादीले उनलाई काठमाडौं जिल्ला सदस्यको रुपमा घोषणा गरेको थियो।

अन्तराष्ट्रिय कानुनमा पी एच डी गर्दै गरेका उनि गणेश मावि बूढानिलकण्ठका अध्यक्ष एबम बूढानिलकण्ठ क्षेत्र विकास समितिका पुर्व अध्यक्ष पनि हुन्।


Published :४ मंसिर २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media