बालउद्दार मावीमा १० लाखको अक्षयकोष स्थापना

काठमाडौ। बूढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको चर्चित बालउद्दार माध्यमिक बिधालयमा १० लाख रुपैंयाको अक्षयकोष स्थापना हुने भएको छ। कपन क्षेत्रको घनाबस्ती बिचमा रहेको यस सामुदायिक बिधालयमा सयौ बिभिन्न बर्गका विधार्थीहरु अध्ययन गर्ने गर्दछन।

त्यसै विधालयका व्यवस्थापन समिति सदस्य समेत रहेकी कमला कार्की र उनका श्रीमान भुपेन्द्र कुमार कार्कीले आफ्नो छोरी ऋतु कार्कीको स्मृतिमा उक्त अक्षयकोष स्थापना गर्न लागेका हुन्। आफ्नो छोरीको ६ बर्षको कलिलो उमेरमै दुखद निधन भएको र आफ्नो छोरी जस्तै धेरै साना साना नानीबाबुहरुलाइ अध्ययनको लागि केहि सहयोग पुगोस भनेर अक्षयकोष स्थापना गरेको व्यवस्थापन समिति सदस्य कमला कार्की बताउंछिन्।

ओखलढुंगा जिल्लाको चिसंखुगढी ६ बाट स्थानान्तरण भै हाल बूढानिलकण्ठ नगरपालिका वडा नं १० मा स्थायी रुपमा बसोबास गर्ने कार्की परिवारको तर्फबाट आज कमला कार्कीले वडा नं १० का वडाध्यक्ष नवराज भट्टराईको उपस्थितिमा बिधालय व्यबस्थापन समिति र विधालय प्रशासनलाइ रु पांच लाखको चेक हस्तान्तरण गरेकी छिन्। बाँकी पाँच लाख पनि छिटै उपलब्ध गराउने उनले जानकारी दिएकि छन्।

 


Published :५ मंसिर २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media