राजादेखि विप्लवसम्म अट्ने मौलिक लोकतन्त्र आबश्यक : कमल थापा

राष्ट्रपाटी न्युज

१५ मंसिर २०७८

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले आफूहरु परिवर्तन विरोधी नभएको दाबी गरेका छन् । बुधबार पार्टीको एकता महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो दाबी गरेका हुन् ।

थापाले राप्रपा परिवर्तन विरोधी नभएर मौलिक लोकतन्त्रको खोजीमा लागेको उल्लेख गरे । राप्रपा पुरानो व्यवस्थातर्फ फर्किन नखोजेकोसमेत उनले बताएका छन् ।

‘राप्रपा परिवर्तन विरोधी होइन । राप्रपा पुरानो व्यवस्थामा फर्किन खोजेको पनि होइन । राप्रपाले सबै नेपाली अट्ने मौलिक लोकतन्त्र खोजेको हो’, अध्यक्ष थापाले भने , ‘हामीले राजादेखि विप्लव माओवादीसम्म अट्ने मौलिक लोकतन्त्र खोजेको हो ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन आजदेखि काठमाडौंमा चल्दै छ । काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन चलिरहेको छ।

राप्रपा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन्।

हाल राप्रपामा हाल ती जना अध्यक्ष छन् ।

ती मध्ये डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमसेर राणा निर्वाचन नलड्ने निर्णयमा पुगेका हुन्।

लोहनीले पत्रकार सम्मेलन गरी युवानेता लिङ्देनलाई समर्थन गर्ने जनाएका छन् भने राणाले पार्टीको वृहत्तर हित र एकताका लागि आफू अध्यक्षको उम्मेदवार हुनबाट पछि हटेको बताएका छन् । तथापि समर्थनमा उनी कतै खुलेका छैनन् ।

फुट-जुटको आरोह अवरोह व्यहोर्दै आएको पुरातन राजनितिक शक्ति राप्रपाले यसलाई एकता र रुपान्तरणको महाधिवेशन भनेको छ ।।


Published :१५ मंसिर २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media