सावधान !! भारतमा पनि भेटियो ओमिक्रोन।

राष्ट्रपाटी न्युज

१६ मंसिर २०७८

नयाँ दिल्ली– छिमेकी मुलुक भारतमा पनि कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।

कर्नाटक राज्यमा दक्षिण अफ्रिकाबाट फर्किएका दुई भारतीय नागरिकमा ओमिक्रोन पुष्टि भएको हो ।

बिहीबार स्वास्थ्य मन्त्रालयका सचिव लव अग्रवालले भारतमा ओमिक्रोन संक्रमण पुष्टि भएको बताएका छन् । संक्रमितको उमेर ६६ र ४६ वर्ष रहेको छ ।

संक्रमितसँग सम्पर्क भएका व्यक्तिहरुको पहिचान गरेर संक्रमण भए नभएको परीक्षण भइरहेको छ ।


Published :१६ मंसिर २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media