आदर्श कोलोनी उपभोक्ता समिति सम्मानित

राष्ट्रपाटी न्युज

१६ मंसिर २०७८

काठमाडौं– बूढानिलकण्ठ नगरपालिका वडा नं ८ मा रहेको आदर्श कोलोनी उपभोक्ता समिती सम्मानित भएको छ। आज बूढानिलकण्ठ नगरपालिकाको नगरस्थापना दिबसको विशेष समारोहमा उक्त समिति सम्मानित भएको हो। आर्थिक बर्ष २०७७/०७८ मा पूर्वाधार निर्माणमा यस समितिले उत्कृष्ट उपभोक्ता समितिको रुपमा नगरपालिकाबाट सम्मान प्राप्त गरेको हो।

२०६८ सालमा स्थापित यस समितिले झन्डै १ किलोमिटर सडक पिच गरिसकेको छ।निकट भविष्यमा नै  सिसि टिभी जडान,बगैंचा तथा प्रवेशद्वार निर्माण गर्ने योजना समेत समितिको रहेको छ। सुरेन्द्र कुमार पोखरेल अध्यक्ष एबम बासुदेब गुरागाईं सचिब रहेको यो ९ सदस्यिय समितिले आफ्नो टोललाइ नमूनाबस्तीको रूपमा बिकास गर्ने महत्वपूर्ण लक्ष्य राखेको छ।

बूढानिलकण्ठ नगरपालिका वडा नं ८ मा रहेको यो उपभोक्ता समिति काठमाडौं जिल्लाकै उत्कृष्ट रहेको सचिव बासुदेब गुरागाईंको दावी छ।

 


Published :१६ मंसिर २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media