बूढानीलकण्ठ नगरपालिकाकाे आठौं स्थापना दिवसमा के के भयो ?

राष्ट्रपाटी न्युज

१७ मंसिर २०७८

काठमाडौं– बूढानीलकण्ठ नगरपालिकाकाे आठौं स्थापना दिवस मंसिर १६ गते सम्पन्न भएकाे छ । विविध सांस्कृतिक झाँकीहरूकाे प्रस्तुती तथा विभिन्न जनजातीहरूले माैलिक पहिचान झल्किने प्रतिषप्रधात्मक सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्दै कार्यक्रम अगाडी बढेको थियो। कार्यक्रमकाे संचालन नगर प्रवक्ता नवराज भट्टराईले गरेका थिए।

कार्यक्रममा नगरपालिकामा बसोबास गर्ने १०० वर्ष माथीका ८ व्यक्तिहरूलाइ खादा, माला, प्रमाण पत्र तथा रू. १० हजार सहित सम्मान गरिएकाे छ ।

हालसम्मकाे नगर प्रगती विवरण, काेभिड १९ स्मारिका, स्वास्थ्य निति २०७८, जानकारीमुलक सन्देश सहितकाे स्वास्थ्य प्रवर्द्धन सन्देश र न्यायीक समितिकाे प्रगती प्रतिवेदन समेत विमाेचन गरिएकाे छ । आ.व. २०७७/०७८ मा सबै भन्दा बढि कर बुझाइ नगर विकासमा याेगदानका पुर्याएकाेमा ४ उत्कृष्ट करदाताहरू- कालसाङ्ग पालजोर शेर्पा, ह्याम्स हस्पिटल, उदिप श्रेष्ठ र नन्द लाल केसीलाइ सम्मान गरिएको छ ।

यसका साथै,यहि अवसर पारेर नगर गीतकाे प्रेमियर पनि गरिएकाे छ ।

आठौं स्थापना दिवसकाे अवसर पारेर कर्मचारीहरूलाइ कदर पत्र वितरण गरिएकाे छ । यसका साथै, काेभिड-१९ काे महामारीकाे समयमा नगरपालिकालाइ जिन्सी र नगद सहयाेग गरेका व्यक्ति तथा संस्थाहरूलाइ सम्मान गरिएकाे छ । काेभिड महामारी नियन्त्रण तथा न्यूनीकरणमा खटिने कर्मचारीहरूलाइ प्रंशसापत्र र नगरपालिकाभित्र कार्यरत कर्मचारीहरू मध्य २५ वर्ष सेवा अवधी पुरा भएका कर्मचारीहरूलाइ प्रमाणपत्र सहित दिर्घ सेवा पदक बाट सम्मान गरिएकाे छ।

सोहि अवसरमा नगरपालिकाबाट उत्कृष्ट कर्मचारी पुरस्कार योजना ‌‌‌‌‌‌‌‌‌‌‌महाशाखा‌ प्रमुख महेश प्रसाद ‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌पाठकले प्राप्त गरेका छन् ।

कार्यक्रममा मेडिकल डेस्क र उद्यमशील महिलाहरूका साथै नगरबासीहरूकाे व्यावसायिक स्टलहरू पनि राखिएकाे थियाे ।


Published :१७ मंसिर २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media