माओवादीले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने

काठमाडौं– नेकपा माओवादी केन्द्रले आइतबारदेखि सुरु हुने पार्टीको पहिलो राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् । पार्टीमा आकर्षण बढ्दै गएकाले राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय भएको उनले बताए ।

स्थायी कमिटी बैठकका निर्णय अनुमोदन गर्न माओवादीले आइतबार बिहान ८ बजे केन्द्रीय समितिको बैठक बोलाएको छ।

माओवादीले हेटौंडामा यसअघि महाधिवेशन गरेको थियो ।


Published :१० पुष २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media