मेरो कार्यकालमा कसैको पनि चित्त दुखाएको छैन – मेयर खरेल

राष्ट्रपाटी न्युज

३ फाल्गुन २०७८

काठमाडौं– नेकपा एमालेका बागमती प्रदेश सदस्य एबम बूढानिलकण्ठ नगरपालिकाका मेयर उद्दव खरेलले आफ्नो कार्यकालमा कसैको पनि चित्त नदुखाएको बताएका छन्। नेकपा एमाले बूढानिलकण्ठ नगर कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा रमाइलो मन्तव्य राख्दै उनले जनताले दिएको जिम्वेवारी इमान्दार पुर्वक पालना गरेको बताएका छन्। नगरपालिकाको जिम्वेवारी सम्हाले पछि जनताको सेवा गर्न हरदम तत्पर रहेको बताउदै २४ सै घण्टा कार्यक्षेत्रमा सक्रिय रहेको दावी गरेका थिए। आफ्नो कार्यकालमा नगर क्षेत्रमा धेरै परिवर्तन भएको र कसैले शिर निहुराउनु पर्ने अबस्था नरहेको उनको भनाइ थियो। पार्टीका सबै कार्यकर्तालाइ सकारात्मक कुराहरुको व्यापक सेयर गरि जनतालाई सुसुचित बनाउन उनले निर्देशन समेत दिएका थिए।

नेकपा एमाले बूढानिलकण्ठ नगर कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रम वडा नं १२ स्थित इभरसाइन पार्टी प्यालेसमा भएको थियो ।
उक्त कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य डा.राजन भट्टराई,पोलिटब्युरो सदस्य कृष्ण राई,केन्द्रीय सदस्य नारायण सिलवाल,जिल्ला अध्यक्ष दीपक निरौला लगायतका नेताहरुले प्रशिक्षण प्रदान गरेका थिए।

नेकपा एमाले बूढानिलकण्ठका कार्यबाहक अध्यक्ष शम्भु भट्टराईको अध्यक्षतामा भएको सो प्रशिक्षण कार्यक्रममा नवनिर्वाचित जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गर्नुका साथै विभिन्न विषयमा प्रशिक्षण समेत दिइएको थियो।

 


Published :३ फाल्गुन २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media