बूढानिलकण्ठ १०मा ऊनी फेल्ट वस्तु उत्पादन सम्बन्धि १५ दिने तालिम शुरु

राष्ट्रपाटी न्युज

९ फाल्गुन २०७८

काठमाडौं । बूढानिलकण्ठ नगरपालिका वडा नम्बर १० कपनमा व्यापार तथा निकासी प्रबर्द्वन केन्द्र र नेपाल उनी फेन्ट उत्पादन तथा निर्यात संघको संयुक्त आयोजनामा १५ दिनको ऊनी फेल्ट वस्तु उत्पादन सम्बन्धि बेसिक तालिमको आज एक बिशेष समारोह बीच उद्घाटन भएको छ। बूढानिलकण्ठ नगरपालिका वडा नम्बर १० को कार्यालय कपन आकाशेधारामा नेपाल उनी फेन्ट उत्पादन तथा निर्यात संघका अध्यक्ष नरेश लाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि एबम व्यापार तथा निकासी प्रबर्द्वन केन्द्रका नायब कार्यकारी निर्देशक शुयस खनालले गरेका थिए।

कार्यक्रमका अध्यक्ष एबम नेपाल उनी फेन्ट उत्पादन तथा निर्यात संघका अध्यक्ष नरेश लाल श्रेष्ठले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा बूढानिलकण्ठ नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराई तथा प्रमुख अतिथि एबम व्यापार तथा निकासी प्रबर्द्वन केन्द्रका नायब कार्यकारी निर्देशक शुयस खनालले आफ्नो महत्वपूर्ण मन्तव्य राखेका थिए। त्यसै गरि नेपाल उनी फेन्ट उत्पादन तथा निर्यात संघका बरिष्ठ उपाध्यक्ष महेश्वर श्रेष्ठले धन्यबाद मन्तव्य राखेका थिए।

करिव १०० जना व्याक्तिलाई रोजगार प्रदान गर्ने महत्वपूर्ण योजना अनुसार १५ दिन सम्म बूढानिलकण्ठ नगरपालिका वडा नम्बर १० र ११ का व्याक्तिहरुलाई आधारभूत तालीम प्रदान गर्ने योजना रहेको कार्यक्रम सम्योजक सुनिता शेर्पाले जानकारी दिएकि छन् । तालिम सम्पन्न भएपछि कामको आधारमा जागिरको ग्यारेन्टी गरिने उनले जानकारी दिएकि छन् । तालिममा धेरै जसो महिलाहरु सहभागी छन्। न्युजिल्याण्डबाट आयात गरिएको भेडाको उनबाट बिबिध सामग्री तयार गर्ने र त्यो सामग्री विदेश निर्यात गरिदै आइएको छ।

 

 


Published :९ फाल्गुन २०७८


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media