प्रधानमन्त्री देउवा र के पी ओलीबीच भेट सम्पन्न

राष्ट्रपाटी न्युज

१० फाल्गुन २०७८

काडमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास वालुवटारमा भेटवार्तासम्पन्न भएको छ ।
भेटमा प्रतिनिधिसभामा प्रस्तुत मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदनका विषयमा छलफल भएको बताइएकाे छ । भेटमा आ-आफ्नाे अडान कायमै रहेकाे एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजाललले बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीमा सत्ता गठबन्धनभित्रै असहयाेग भएको बताएकाे र एमाले अध्यक्ष केपी शर्मा ओलीले भने १४ जना सांसदकाे कारबाहीको माग यथावत् रहेकाे बताएकाे रिजालले जानकारी दिए ।

सरकारले प्रतिनिधिसभाको आइतबारको बैठकमा एमसीसीसम्बन्धी प्रस्ताव अनुमोदनका लागि टेबुल गरेको थियो । एमसीसी सम्झौतालाई यही फागुन १६ गतेभित्र संसद्बाट अनुमोदन गर्न सरकारले सो अवधिभित्र सबै राजनीतिक दलको सहमतिमा एमसीसीसम्बन्धी प्रस्ताव अनुमोदन गर्न सबै दलहरुबीच छलफल अघि बढाएको छ ।

भेटवार्तामा कांग्रेसका तर्फबाट पार्टी सभापति एवं प्रधानमन्त्री देउवा र उपसभापति पूर्णबहादुर खड्का थिए भने एमालेका तर्फबाट अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी रहेका थिए ।

प्रतिनिधिसभामा यही फागुन ८ गते एमसिसी प्रस्तुत भएपछि सत्तारूढ तथा प्रतिपक्षमा रहेका दलहरुबीच त्यसलाई पारित गराउन घनीभूत छलफल भइरहेको छ ।


Published :१० फाल्गुन २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media