नेप्से परिसूचक र कारोबार रकम दुवैमा वृद्धि

काठमाडौं । नेप्से परिसूचक सकारात्मक भएर बन्द भएको छ। बिहीबार परिसूचक ७.१७ अंकले बढेर २६२९.४० विन्दुमा अडिएको छ। अघिल्लो दिन बुधबार नेप्से परिसूचक ०.२६ अंकले घटेर २६२२.२२ विन्दुमा पुगेको थियो। नेप्से बढेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा वृद्धि भएको छ। सो दिन ३ अर्ब २९ करोड बराबरको कारोबार भएकोमा आज  साढे ४ अर्बको कारोबार भयो।

यसदिन ३४५ वटा स्क्रिप्सको ९५ लाख ७६६ कित्ता सेयर ४ अर्ब  ४० करोड १४ लाख ९ हजार ८५८ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १३२ वटा स्टक्सको मूल्य बढ्दा १३२ वटाको घट्यो। १३ वटा स्टक्सको मूल्य स्थिर रह्यो।

माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कुमारी धनवृद्धि योजनाको सेयर ९.७७ प्रतिशतले घट्यो। ५० करोड मूल्य बराबरको सेयर कारोबार गरी एग्रिकल्चर बोण्ड (9year) शीर्ष स्थानमा रह्यो।

रिलायन्स स्पिनिङ्गस मिल्सले ३० करोडको कारोबार गर्दा सोलु हाइड्रोपावरले २२ करोड,सहास उर्जा र सुपर मादी हाइड्रोपावरले १६/ १६ करोडको कारोबार गरे।

यसदिन ६ समूहको उपसूचक बढ्दा अरु बाँकी समूहको उपसूचक नकारात्मक देखिए। बैंकिङ,हाइड्रोपावर,इन्भेस्टमेन्ट,लाइफ इन्स्योरेन्स,मनु एण्ड प्रो र अदर्श समूहको उपसूचक सकारात्मक देखिएका हुन्।


Published :भदौ ४, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media