घोषणापत्रमा उल्लेख गरीएका ८० प्रतिशत काम सम्पन्न – वडाध्यक्ष भट्टराई

राष्ट्रपाटी न्युज

२२ फाल्गुन २०७८

काठमाडौं । नेकपा एमालेका यूबा नेता एबम बूढानिलकण्ठ नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष नबराज भट्टराईले आफूहरुले घोषणापत्रमा उल्लेख गरेको मध्य ८० प्रतिशत भन्दा धेरै काम गर्न सफल भएको बताएका छन्। वडा भित्रका साना ठुला सबै बाटो पिच गर्ने, नगर अस्पताल निर्माण गर्ने , खेल मैदान निर्माण गर्ने, क्याम्पस बनाउने , मेलम्ची खानेपानी आयोजना कपन भित्राउने , बिबिध क्षेत्रमा तालिम लगायत अत्यन्त उपयोगी जनसरोकारका सबै मुद्दामा काम गर्ने सफलता प्राप्त भएको भन्दै उनले आफ्नो कार्यकाल गर्व गर्न लाएक रहेको बताएका छन्।करिव चार करोडको लगानीमा सिद्देश्वोर महादेव मन्दिर क्षेत्रलाई ग्रेटर सिद्देश्वोरको अबधारणामा लैजान लागिएको बताउदै उनले धोवीखोला करिडोर बिस्तार र कालोपत्रे भएपछी वडाको मुहार नै फेरिएको दावी गरे।

नगर अस्पताल निर्माण गर्न कांग्रेसले कति योगदान गर्यो भनेर हेर्न वडा नम्बर आठमा अलपत्र पारिएको भग्नाबशेष हेरे पुग्ने भन्दै उनले चार बर्षमा गरेको काम घाम जस्तै छर्लंग रहेको बताएका छन्।

नेकपा एमालेको टोल कमिटि गठनको कार्यक्रममा बोल्दै उनले एमालेका हरेक कार्यकर्ताले गौरव गर्न लायक कार्यकाल बनेको भन्दै आगामी निर्बाचनमा पनि एमालेले शानदार विजय हासिल गर्ने दावी गरेका छन्। वडा नम्बर १० मा पार्टी बिभाजनको सामान्य असर समेत नपरेको भन्दै उनले एमाले र माओबादी एकता भएर नेकपा बनेपछि पार्टी गतिविधिमा ठुलो असर परेको समेत बताएका थिए।उक्त समयमा पार्टीका संरचनाहरु नहुँदा जनप्रतिनिधिलाइ काम गर्न र पार्टीलाई क्रेडिट लिन गाह्रो भएको समेत बताएका थिए। अब टोल कमिटि मात्र नभई वडा भित्र साना साना दर्जनौ सेल कमिटि समेत गठन गरेर अगाडी बढ्नुपर्ने उनको धारणा थियो।

उनले आफ्नो कार्यकालमा योजना बनेर पनि पुरा गर्न नसकेको कपनको बाढीको समस्या समेत समाधान उन्मुख रहेको जानकारी दिएका छन्।

आनिगुम्बा देखि आरम्भ चोक सम्म कल्भर्ट निर्माणको कामको टेन्डर भएर कार्य अगाडी बढिरहेको भन्दै उनले आरम्भ चोक देखि पाथिभारा धोवीखोला सम्म कल्भर्ट निर्माणको लागि करिव ५५ करोडको योजनाको डीपीआर समेत तयार भएको जानकारी दिएका छन्।


Published :२२ फाल्गुन २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media