कपनमा बाढीको समस्या ! निशानामा परिन् मन्त्री राम कुमारी झाँक्री !!

काठमाडौं- बूढानिलकण्ठ नगरपालिकाको कपन क्षेत्रमा रहेको वडा नम्बर १०, ११ र १२ लाइ प्रभावित पार्ने कपन बाढीको समस्या र समाधानको विषय सधैको टाउको दुखाइको बिषय हो। खोलालाइ ढल हालेर नियन्त्रणमा राख्न खोज्दा अहिले खोला नियन्त्रण बाहिर जान थालेपछि पछिल्लो समय बक्स कल्भर्ट निर्माण मार्फत समस्याको समाधान गर्ने प्रयास भैरहेको छ। आनिगुम्बा देखि तरकारी बजार आरम्भ चोक सम्म टेन्डर पारेको ठेकेदार कम्पनीले गरेको ढिला सुस्तिका कारण थोरै मात्र काम सम्पन्न भएको छ भने नजिकिदै गरेको बर्षातको मौसममा हुन सक्ने भयङ्कर क्षेतीले समेत कपनाबासीको निदहराम हुन थालेको छ।

यसैबीच उक्त क्षेत्रका बासिन्दाहरु जम्मा भएर स्थानीय जनप्रतिनिधिहरु सहित आज उपत्यका विकास प्राधिकरणको कार्यालय अनामनगरमा पुगेर निर्माण कार्य छिटो सम्पन्न गर्न व्यापक दवाव दिएका छन्। वडा नम्बर १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराईको बिशेष अग्रसरतामा आयोजना गरिएको उक्त कार्यक्रममा वडा नम्बर ११ का वडाध्यक्ष राजु अधिकारी एबम वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराईको उपश्थिति रहेको थियो। दवाव कार्यक्रम संचालन हुँदै गर्दा बागमती प्रदेश सदस्य न्हुच्छे नारायण श्रेष्ठ समेत पुगेका थिए। उनले आफू अन्य काम बिशेषले आएको भएपनि कपनबासिको समस्या प्रति एक्यबद्दता रहेको जानकारी दिएका थिए।

आक्रोशित कपनबासीले जनप्रतिनिधि , ठेकेदार कम्पनीका प्रतिनिधि सहित उपत्यका विकास प्राधिकरणका जिम्वेवार अधिकारीहरुसंग गम्भीर छलफल गरेका थिए। ठेकेदार कम्पनीलाई तुरुन्त दबाब दिन र वर्षायाम शुरु हुनु अगावै काम सम्पन्न गर्न चेतावनी समेत दिएका थिए।

छलफल कार्यक्रममा वडा नम्बर १०,११ र १२ का वडाध्यक्षहरुले कडा प्रतिक्रिया जनाउदै ठेकेदार कम्पनिका प्रतिनिधि मात्र नभई स्वयम ठेकेदार निर्माण स्थलमा उपस्थित हुनुपर्ने माग गरेका थिए। प्राधिकरणका अधिकारिहरुले सम्बन्धित ठेकेदारलाइ कडा दवाव दिइने भन्दै समयमा नै काम सम्पन्न नगरे कानुनि प्रक्रिया अगाडी बढाउने भन्दै आक्रोशित स्थानीयहरुलाइ थमथमाउने प्रयास गरेका थिए।

यसैबिच शहरी विकास मन्त्रि रामकुमारी झाँक्री संग कपनबासिहरुको जम्काभेट भएको छ। कुनै कार्यक्रम सकेर उपत्यका विकास प्राधिकरणको कार्यालय अनामनगरबाट बाहिरिने क्रममा आफ्नो गुनासो पोख्दै कपनबासिहरुले मन्त्री झाँक्रीको बाटो छेकेका थिए। आफू भोलि बिहान साइटमा आउने भन्दै उनि उम्किन खोजेकी थिइन्। गाडी चढेपछि पनि कपनवासीले बाटो छेक्दै नाराबाजी गरेपछि प्रहरीले सामान्य बल प्रयोग गरेर उनलाई त्यहाँबाट भगाएको थियो।


Published :९ चैत्र २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media